काठमाडौँ / नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री सहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । 

३० वर्षे सेवा हदका कारण आइतबारदेखि क्षेत्री सहित १९ जना उच्च अधिकारीले अवकाश पाएका हुन् ।

OM Sai Pathibhara Hospital

१९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीको सेवा अवधि आइतबारबाट सकिएपछि सरकारले सो दिन नयाँ आइजीपीको रुपमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

क्षेत्रीको कार्यकाल सकिएपछि मुख्य नेतृत्वमा फेरबदल आएसँगै निर्वाचन सुरक्षा समेत प्रभावित हुने भएको छ । त्यस्तै , क्षेत्रीसँग १९ जना उमेर हदका कारण अवकाशमा गएपछि निर्वाचनको मुखमा प्रहरी चेनमा समेत प्रभाव पर्ने संकेत देखिएको छ ।

क्षेत्रीसँगै अवकाश पाउनेहरूमा हरू हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कुमार कार्की र वसन्तकुमार पन्त गरि चारजना अतिरिक्त महानिरीक्षक रहेका छन् ।

त्यस्तै , ११ जना डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, सौरभ राणा, राजेन्द्रप्रसाद चौधरी, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, डा. देवबहादुर बोहरा, रामकृपाल साह, उमेश रञ्जितकार र प्रकाश अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका हुन् ।

तीन जना एसएसपीहरू वीरेन्द्र बस्याल, प्रदीपकुमार श्रेष्ठ र नवराज भट्टले पनि आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । प्रहरी प्रधान कार्यालयले आइतबार दिउँसो चार बजे आईजीपीको बिदाइ कार्यक्रम राखेको छ । 

सरकारले सोही दिन नयाँ आइजीपीका रुपमा देउवा निकट मानिएका धिरजप्रताप सिंहलाई नियुक्त गर्ने निर्णयमा राजनीतिक हस्तक्षेप भएको भन्दै त्यसको चर्को विरोध र आलोचना हुन थालिसकेको छ । सिंहसँगै आइजीपीका लागि प्रतिष्पर्धामा होमिएर वरियतामा समेत पहिलो र दोस्रोमा रहेका विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने छलफलमा रहेका छन् ।