बिर्तामोड / १३३ औँ अन्तर्राष्ट्रिय श्रमिक (मजदुर दिवस) आइतबार झापाको बिर्तामोडमा विभिन्न कार्यक्रम गरी मनाइएको  छ । अखिल नेपाल ट्रेड युनियन महासंघ झापा र अखिल नेपाल ढुवानी मजदुर संघको संयुक्त आयोजनामा भएको कार्यक्रममा ट्रेड युनियन महासंघ झापाकी  संयोजक सिता सापकोटाको अध्यक्षता रहेको थियो । कार्यक्रममा  प्रमुख अतिथि रहेका अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश १ का इन्चार्ज भुपाल सापकोटाले राज्यका मजदुरहरूको ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन गर्न पाउनुपर्ने अधिकार सुनिश्चित गरिनु पर्नेमा जोड दिएका थिए । विशिष्ट अतिथि रहेका संयुक्त गठबन्धनको तर्फबाट बिर्तामोड नगरपालिकाका  प्रमुख पदका उम्मेद्वार भोजराज सिटौलाले कार्यक्रममा बोल्दै आफ्नो हक हितका लागि मजदुरहरु लडिरहन आग्रह गरेका छन् ।

यस्तै गठबन्धनको तर्फबाट बिर्तामोड नगरपालिकाकाको उपमेयर पदका उम्मेद्वार सी पी  कडरियाले केपी ओलिको सरकारले संविधान नै धरापमा पार्ने उद्देश्यले संसद् विघटन गर्ने दुस्साहस गरेकाले संविधान रक्षाका लागि प्रतिगमन विरुद्धका दलहरू एक ठाँउमा उभिनु परेको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति खगेन्द्र मैनाली , नेकपा माओवादी केन्द्र प्रदेश १ का सदस्य अरुण श्रेष्ठ सजेश शिवाकोटी, अर्जुन कार्की, कृष्ण ढुंगेल, सन्तोष उप्रेती , दिवाकर प्रसाईं, रमेश चौधरी लगायत सयौँ मजदुरहरूको उपस्थिति रहेको थियो । १३३ अन्तर्राष्ट्रिय औँ मजदुर दिवस सफल पारौ , रोजगारीको ग्यारेन्टी गर , श्रम ऐन २०७४ लागू गर , संसारका मजदुर एक हौँ लगायतका नाराका साथ बिर्तामोडको मुक्ति चोक वरपरका क्षेत्रमा र्याली सञ्चालन गरि कार्यक्रम सुरु गरिएको थियो 

OM Sai Pathibhara Hospital