इलाम / इलाममा एक महिलाको शव गाडेको अवस्थामा फेला परेको छ । ३१ वर्षीय बिनिता काफ्लेको शव इलाम नगरपालिका-८ सिङफ्रिङमा गाडेको अवस्थामा फेला परेको हो ।
तीन दिनदेखि बेपत्ता रहेकी काफ्ले हराएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले शव माटोले पुरिएको अवस्थामा फेला परेको जानकारी दिएका छन् ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटना कसरी भयो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।