चितवन / चितवनको खैरहनीमा बाघको आक्रमणबाट एकको मृत्यु भएको छ । कुमरोज सामुदायिक वनमा आइतबार बिहान ८ बजे बाघको आक्रमणबाट एकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहाल रहेका छन् ।
प्रहरी चौकी कुमरोज, इलाका प्रहरी कार्यालय खैरहनी, राष्ट्रिय निकुञ्ज तथा नेपाली सेना समेतको टोलीले आक्रमण गरेको स्थलभन्दा एक किलोमिटर टाढा उनको शव भेटाएको थियो । घाँटीमा र दाहिने खुट्टामा चोट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।