काठमाडौँ / काठमाडौँको माछा पोखरीबाट प्रहरीले स्रोत नखुलेको १६ लाख बरामद गरेको छ । प्रहरीले शनिवार बिहान १६ लाखसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ का ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने ३३ वर्षीय सागर यादव रहेका छन् ।
सडकमा शङ्कास्पद रुपमा हिँडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरूबाट स्रोत नखुलेको १६ लाख बरामद गरिएको हो । सो घटनाको सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।