काठमाडौं / सिराहाका पवनकुमार यादवलाई सिनामंगलबाट अपहरण गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका सज्जन ओली, निरज केसी, सौजन्य सिंह, आशिष कोजु र सन्तोष न्यौपाने रहेको प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
उनीहरूले यादवलाई स्कोर्पियोमा लगेर बन्धक बनाएको आरोप छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अपहरित हुने र अपहरण गर्ने दुवै पक्ष लागूऔषध सेवनकर्ता भएको हुनसक्ने देखिएको प्रहरी बताउँछ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।