रसुवा / स्थानीय सरकार निर्वाचनको मुखमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक माओवादी नेता पक्राउ परेका छन् ।
बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका–३ धारापानीका माओवादी जिल्ला कमिटी सदस्य गणेश बिक पक्राउ परेका हुन् ।
पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा ३५ वर्षीय बिकलाई पक्राउ गरिएको हो ।
स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी नेता बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर दुर्व्यवहार गरेको पीडितले दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ काशीराम बुढाले बताएका छन् । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।