काठमाडौं /  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको शौचालयमा लुकाएर सुन तस्करी गर्न खोज्ने कर्मचारीसहित ५ जना पक्राउ गरेका छन् । 

पक्राउ पर्नेमा हिमालय एयरलाइन्सको विमान सफा गर्ने कर्मचारी सुमन तामाङ, भीम अवाले र सुपरभाइजर तारकान्त चौधरी छन् । तिनै जना विमान सफा गर्ने सुनगाभा कम्पनीका कर्मचारी रहेको विमानस्थल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले जानकारी दिएका छन् । एसएसपी ढकालका अनुसार उनीहरूले हिमालय एयरलाइन्सको विमानमा शौचालयमा लुकाइएको सुन पास गराउन खोजेका थिए ,  तर उनीहरु  चेकजाँचका क्रममा पक्राउ परेका हुन्