काठमाडौं / गभर्नर महाप्रसाद अधिकारी ‘हेर्दाहेर्दैमा’ रहेको मुद्दाको सुनुवाइ आज (शुक्रबार) हुने भएको छ । अधिकारीमाथि लागेको अभियोगका विषयमा छानविन गर्न गठन गरिएको समिति विरुद्ध उनले गरको रिटमा आज सुनवाई हुने भएको हो ।

न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा रहेको मुद्दामा शुक्रबारका लागि पेशी तोकिएपछि सुनवाई हुने भएको छ ।  

OM Sai Pathibhara Hospital

सर्वोच्चले वैशाख ६ मा गर्भनर अधिकारीलाई पदीय जिम्मेवारीमा फर्कन अन्तरिम आदेश जारी गरेपछि अधिकारी आफ्नो नियमित काममा फर्किएका छन् । 

दुवै पक्षको छलफलपछि सर्वोच्चले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा टुंगो लगाउने भएको छ । 

सर्वोच्चको आदेशसँगै सरकारले गठन गरेको छानबिन समिति तत्कालका लागि अर्थहीन बनेको छ । सरकारले अधिकारीलाई निलम्बन गर्नुको लिखित कारण १५ दिनभित्र पेस गर्नसमेत अदालतले आदेश दिएको थियो ।