बिर्तामोड / तेह्रथुमको लालिगुराँस नगरपालिका-४ बसन्तपुरबाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टुटेदेउराली का ३० वर्षीय राम गुरुङ रहेका छन् ।
बिहीबार दिउसो विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गुरुङले ना.४ ख ९२१० नम्बरको यात्रुबाहक बसको बनोटमा लुकाई छिपाई राखेको १ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । ब्राउनसुगर सहित पक्राउ परेका गुरुङको जिल्ला प्रहरी कार्यालय तेह्रथुममा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।