बिर्तामोड / सुनसरीको हरिनगरा गाउँपालिका -४ नुनिया टोल स्थित हुलाकी राजमार्गमा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय प्रदिप साह रहेको प्रहरीले जनाएको छ ।
बिहीबार दिउसो ११ बजे पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको को २३ प ६६६७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको को १ ख ५३१४ नम्बरको बसले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका घाईते भएका साहको नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालक बिराटनगर -१ का ३३ वर्षीय मोहमद रेम अन्सारीलाई इलाका प्रहरी कार्यालय हरिनगराले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।