झापा / नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन् । डडेल्धुरामा बिहीबार पत्रकार सम्मेलन गरी मल्लले प्रदेश सभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

उनले भने, “मलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएकाले कांग्रेस पार्टीका तर्फबाट प्रदेश सभा सदस्यमा रहिरहन नैतिकताले दिँदैन, त्यसैले आजैदेखि प्रदेश सभा सदस्य नरहेको घोषणा गर्दछु ।”