काठमाडौं / आगामी १ जेठदेखि दुई दिन बिदा दिने सरकारको निर्णयको सर्वत्र विरोध र आलोचना भइरहेको समयमा प्रशासकले पनि त्यसलाई सच्याउनुपर्ने माग गरेका छन् । 

इन्धन खपत घटाउनका लागि लिइएको सरकारको यस्तो निर्णयले दूरदराजमा रहेका सर्वसाधारण सेवाग्राही झनै मर्कामा पर्न सक्ने बताउँदै प्रशासकले सच्याउनुपर्ने माग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

प्रशासनविद्ले दुई दिन बिदा गर्दा सेवा प्रवाह अत्यन्तै कमजोर भएर जाने र संघीय शासन प्रणालीमा समेत असर पर्न सक्ने टिप्पणी गरेका छन् ।

प्रशासकले सरकारको यस्तो निर्णयले सेवा प्रवाहमा गम्भीर असर पर्न सक्ने भन्दै यो मुलुकको अहितमा रहेको जनाएका छन् । बिना अध्ययन र विश्लेषण दुई दिन बिदा दिने गरी गरिएको निर्णयले परिणाम उल्टो आउन सक्ने पूर्व मुख्यसचिव विमल कोइरालाले बताएका छन् ।

कोइरालाले हचुवामा गरिएको यस्तो व्यवस्थाले परिणाम दिन नसक्ने र यो निर्णय प्रत्युत्पादक हुन सक्ने दाबी गरेका छन् ।