काठमाडौ / पछिल्लो समय निकै नै संवेदनशील विषयको रुपमा चर्चामा आएको गभर्नर महप्रसाद अधिकारी विरुद्धमा लागेका अभियोग पछि अधिकारी अदालतको आदेशबाट काममा फर्किसकेका छन् ।
उनलाई निलम्बन गरी छानविन गर्न गठन गरिएको जाँचबुझ समिति वरुद्ध उनले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सो बमोजिम न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासमा सुनुवाइ भएको रिटको किनारा लगाउन सर्वोच्चमा आज विहिबार बहस हुने भएको छ । बहस नसकिएका कारण हेर्दाहेर्दैमा राखिएकाले आज पुनः इजलासमा चढेपछि मुद्दा किनारा लाग्ने स्थिति देखिएको छ ।
९ नम्बर इजलासको पहिलो नम्बरमा रहेको उक्त मुद्दा अस्तिकै न्यायाधीशद्वय सपना मल्ल र टंकबहादुर मोक्तानले सुनुवाइ गर्ने भएका छन् ।
अधिकारीको रिटको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरकालिन अन्तरिम आदेश दिएपछि गभर्नर बैशाख ६ गतेदेखि काममा फर्केका हुन् ।
मंगलबार गभर्नर अधिकारीको पक्षमा आधा दर्जनबढी अधिवक्ताले बहस गरेका थिए भने बहसमा नरेन्द्रप्रसाद गौतम, सुरेन्द्र थापा,सुशील पन्त, राधेश्याम अधिकारीदेखि शम्भु थापासम्मले बहस गरेका थिए ।
े