धरान / सुनसरीमा घर बनाउने क्रममा लडेर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा इनरुवा नगरपालिका –१० जल्पापुरका ३७ वर्षीय इशादिल अंसारी रहेका छन् ।  

अंसारीको सोमबार दिउँसो १ बजे कोशी गाउपालिका –५ कुम्याईका मलसुहुदिन मियाको घर बनाउने क्रममा लड्दा घटनास्थलमा नै मृत्यु भएको हो । 

OM Sai Pathibhara Hospital

सोही घटनामा देवानगन्ज गाउपालिका –३ का २४ वर्षीय सतार अंसारी घाईते भएका छन् । घाइते सतारको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।