शरणामती / झापा
गाउँपालिका-५ पन्थापाडा स्थित बिरिङ खोलाको किनारमा बेवारिसे शव फेला परेको छ
।
आइतबार राती ८.३० बजे
अन्दाजी ३५ वर्षीय युवाको शव फेला परेको र शवको पहिचान
खुल्न नसकेको इलाका प्रहरी कार्यालय कुमरखोदले जानकारी गराएको छ।
प्रहरीका अनुसार शवको
डिएनए परिक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
पहिचान खुल्न नसकेकाले आवश्यक थप
अनुसन्धानका लागि धरान पठाइएको प्रहरीले जनाएको छ।