बिर्तामोड / झापाको बिर्तामोडमा एक युवकको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी गाउँपालिका –५ घर भइ हाल बिर्तामोड नगरपालिका –४ बस्ने अन्दाजी २५ वर्षीय रोहित लिम्बू रहेका छन् । 

बिर्तामोडस्थित पश्चिम बस स्टेन्ड छेउमा कोठाभाडा लिएर बस्दै आएका लिम्बू सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा फेला परेका थिए । 

OM Sai Pathibhara Hospital

लिम्बुको शरीर रगतले पोतिएको र घटना स्थलमा हम्मर भेटिएकाले घटना शंकास्पद रहेको स्थानीयको भनाइ छ ।

लिम्बुको सव पोस्टमार्टमका लागि झापाको मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यलय झापाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाले जानकारी दिए ।