बिर्तामोड  / अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको मिक्लाजुङ गाउँपालिका –९ का ३४ वर्षीय अर्जुन थेबे भनिने अर्जुन पेहिम लिम्बू रहेका छन् ।

पेहिमलाई जिल्ला अदालत झापाले २०७३ माघ ५ गते मानव अपहरण र चोरी मुद्दामा ९ वर्ष एक महिना १५ दिन कैद र नगद सजाय तोकेको थियो ।

सजाय तोकेपछि फरार भएका लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई बाँकी कैद भुक्तानका लागि जिल्ला कारागार कार्यालय चन्द्रगढी पठाएको प्रहरीले जनाएको छ ।