विदेश

    Showing 71-80 of 2,133 items.
  • वासिङ्टनमा डढेलोको महाविपत्ति, ६० हजार विस्थापित, राज्यभर आपतकाल घोषणा

    वासिङ्टन । अमेरिकाको वासिङ्टन राज्यमा फैलिएको भीषण डढेलोले जनजीवन अस्तव्यस्त बनाएको छ। स्पोकेन क्षेत्र केन्द्रबिन्दु बनेको आगलागीका कारण ६० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन् भने करिब ७ सय भवन पूर्ण रूपमा जलेर नष्ट भएका छन्।तीनवटा ठूला डढेलो मिलेर बनेको ‘स्पोकेन कम्प्लेक्स फायर’ अझै नियन्त्रणमा आउन नसकेको अधिकारीहरूले बताएका छन्। तीव्र हावाका कारण आगोले स्पोकेन नदीसमेत दुई पटक पार गरेपछि आगलागी थप फैलिएको जनाइएको छ।डढेलोका कारण १० हजारभन्दा बढी घरपरिवार विद्युत् सेवाविहीन बनेका छन्। सोमबारसम्म आधा क्षेत्रमा मात्रै विद्युत् सेवा पुनः सञ्चालन हुन सकेको छ। हालसम्म मानवीय क्षतिको आधिकारिक

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 82 पटक पढिएको
  • भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

    काठमाडौं / भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको र कुनै मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन् । समस्तीपुर–सहरसा यात्रुवाहक रेल नम्बर ६३३४४ को इन्जिनमा सिमरी बख्तियारपुर रेल स्टेशनमा बिहान करिब ३ः४० बजे आगलागी भएको हो । सहरसा अग्नि नियन्त्रण कार्यालयका सहायक अग्नि अधिकृत निरञ्जन कुमारका अनुसार रेलको इन्जिनमा आगो लागेको सूचना प्राप्त हुनासाथ फोम टेन्डर र पानी टेन्डरसहितको टोली घटनास्थल पठाइएको थियो ।आगलागी अहिले नियन्त्रणमा आइसकेको छ । ‘रेल इन्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 111 पटक पढिएको
  • टोकियोबाट नेपाली पत्रकारको साझा प्रतिबद्धता, ९ बुँदे घोषणापत्र जारी

    टोकियो । नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जापानको टोकियोमा आयोजित एफएनजे ग्लोबल मिडिया सम्मेलन–२०२६ ले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र प्रवासी पत्रकारिताको सुदृढीकरणलाई केन्द्रमा राख्दै ९ बुँदे ‘टोकियो घोषणा–२०२६’ जारी गरेको छ।नेपाल पत्रकार महासंघको समन्वय, जापान शाखाको आयोजनासहित विश्वभर रहेका महासंघका वैदेशिक शाखा र विभिन्न पत्रकार संगठनको सहभागितामा सम्पन्न सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, विभिन्न जिल्ला शाखा, प्रवासी पत्रकार र सञ्चार क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।सम्मेलनले नेपालको संविधानले स

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 1,320 पटक पढिएको
  • दीपमालाले रचिन् मिस नेपालमा इतिहास

    काठमाडौं । सन् १९९४ मा आमाले अधुरै छाडेको सपना, ३२ वर्षपछि छोरीले पूरा गरेकी छन्। मिस नेपाल २०८३ को ताज जितेकी दीपमाला ढकालले केवल उपाधि मात्र जितिनन्, नेपाली सौन्दर्य प्रतियोगिताको इतिहासमै नयाँ अध्याय पनि लेखिन्। हङकङमा हुर्किएकी दीपमाला मिस नेपालको मुख्य उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली (एनआरएन) बनेकी छन्। यससँगै विदेशमा बसेर पनि नेपाली पहिचान र प्रतिभाले राष्ट्रिय मञ्चमा सफलता हासिल गर्न सकिने सन्देश उनले दिएकी छन्।दीपमालाले एकै प्रतियोगितामा तीन ऐतिहासिक कीर्तिमान कायम गरिन्। पहिलो, मिस नेपालको ताज जित्ने पहिलो गैरआवासीय नेपाली बनिन्। दोस्रो, मिस नेपाल हङकङ (डायस्पोरा) को उपाधि जितेर त

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 205 पटक पढिएको
  • ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

    काठमाडौं / बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी भाजपा सांसद कंगना रनौतले अभिनेता ऋतिक रोशन र उनकी प्रेमिका सबा आजादको सम्बन्धप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफूलाई लक्षित गर्दै भइरहेको अनलाइन ट्रोलिङ रोक्न आग्रह गरेकी छन् ।कंगनाले आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत ऋतिकलाई सम्बोधन गर्दै सबासँगको उनको सम्बन्धप्रति खुसी व्यक्त गरेकी हुन् । उनले ऋतिक र सबा दुवै राम्रो जोडी देखिएको उल्लेख गर्दै आफ्नो नाम प्रयोग गरेर आफूलाई सामाजिक सञ्जालमा दुव्र्यवहार गर्नेहरूलाई ऋतिकले निन्दा गर्नुपर्ने बताइन् । कंगनाले लेखेकी छन,‘प्रिय ऋतिक, तिमीले आफ्नो सही जोडी सबा आजादलाई भेट्टाएकोमा म खुसी छु । तिमीहरू

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 130 पटक पढिएको
  • अमेरिका जान नेपालसहित ५० देशका नागरिकमाथि नयाँ भिसा नियम लागू

    काठमाडौं । अमेरिका भ्रमण वा व्यापारिक प्रयोजनका लागि जाने नेपालीका लागि अब भिसा प्रक्रिया थप कडा हुने भएको छ। अमेरिकी विदेश मन्त्रालयले नेपालसहित ५० देशलाई समेट्दै ‘भिसा बोन्ड’ कार्यक्रम स्थायी बनाएपछि निश्चित भिसा आवेदकसँग अधिकतम २० हजार अमेरिकी डलरसम्म धरौटी माग्न सकिने व्यवस्था लागू गरेको हो। नयाँ नियम अगस्ट ३ देखि कार्यान्वयनमा आउनेछ।अमेरिका जाने योजना बनाइरहेका नेपालीका लागि अब नयाँ आर्थिक सर्त थपिएको छ। भिसा स्वीकृत भए पनि आवश्यक ठाने अमेरिकी कन्सुलर अधिकारीले लाखौं रुपैयाँ बराबरको भिसा बोन्ड माग्न सक्ने भएका छन्।अमेरिकी विदेश मन्त्रालयले एक वर्ष परीक्षणका रूपमा सञ्चालन गरेको भिसा बोन्ड

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 1,608 पटक पढिएको
  • ट्रम्पको नयाँ घोषणा : हमला रोकियो, सम्झौताको खाका तयार

    काठमाडौं । मध्यपूर्वलाई नयाँ युद्धतर्फ धकेल्न सक्ने अमेरिकी सैन्य योजना अन्तिम क्षणमा रोकिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तयारी अवस्थामा रहेको ठूलो सैन्य हमला तत्कालका लागि स्थगित गर्दै दुवै पक्षबीच सम्झौताको प्रारम्भिक आधार तयार भएको बताएका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत अमेरिका पूर्ण सैन्य तयारीमा रहे पनि कूटनीतिक समाधानलाई प्राथमिकता दिँदै आक्रमण नगर्ने निर्णय लिएको जनाएका छन्। उनका अनुसार सम्भावित सहमतिमा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने होर्मुज स्ट्रेट तत्काल खुलाउने र इरानको आणविक कार्यक्रमलाई नियन्त्रण गर्ने विषय समेटिएका छन्। स्रोतहरूका अनुसार

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 6,958 पटक पढिएको
  • निर्मल पुर्जा एनआरएनका गौरव तथा प्रेरणाका स्रोत थिए: एनआरएनए

    लण्डन / गैरआवासीय नेपाली संघ एनआरएनए ले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पिक’ (८,०५१ मिटर), जो पाकिस्तानको काराकोरम पर्वत–शृङ्खलामा अवस्थित छ, सोही हिमाल आरोहणका क्रममा विश्व कीर्तिमानी नेपाली पर्वतारोही तथा एलिट एक्स्पेडका संस्थापक निर्मल ‘निम्सदाइ’ पुर्जाको दुःखद निधनप्रति गहिरो शोक व्यक्त गरेको छ।संघका प्रवक्ता सोम सापकोटाद्वारा शनिवार जारी विज्ञप्तिमा, पुर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल केवल ६ महिना ६ दिनमै आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘निर्मल ‘निम्सदाइ’ पुर्जा केवल नेपालको मात्र नभई विश्वभर रहेका गैरआवासीय नेपालीहरूक

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 160 पटक पढिएको
  • अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    काठमाडौं / अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक बी–२ र व्यापारिक बी–१ भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ।नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म करिब १५ देखि ३० लाख रुपैयाँ धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी तोक्ने व्यवस्था थियो।अमेरिकी विदेश मन्त्रालयका अनुसार भिसा अस्वीकृत भएमा वा भिसाको अवधि सकिनुअघि नियमअनुसार स्वदेश फर्किएमा धरौटी रकम पूर्ण रूपमा फिर्ता गरिनेछ। भिसाको अवधि सकिएपछि पनि गैरकानुनी रूपमा अमेरिकामा बस्

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 132 पटक पढिएको
  • साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन घट्यो

    एजेन्सी । साउदी अरेबियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सन् २०२६ को दोस्रो त्रैमासिकमा वार्षिक आधारमा ४.८ प्रतिशतले घटेको छ ।यो पहिलो त्रैमासिकमा भएको ३.० प्रतिशतको वृद्धिपछि आएको गिरावट हो। यो जानकारी साउदी अरबको सामान्य तथ्यांक प्राधिकरणले बिहीबार सार्वजनिक गरेको प्रारम्भिक अनुमानमा उल्लेख गरिएको छ।उक्त गिरावटको मुख्य कारण तेल क्षेत्रका गतिविधिमा वार्षिक आधारमा २४.७ प्रतिशतको कमी आउनु हो । जसले समग्र वास्तविक जीडीपी वृद्धिदरबाट ५.४ प्रतिशत बिन्दु घटाएको छ।यसको विपरीत, गैरतेल क्षेत्रका गतिविधि ०.६ प्रतिशतले बढेका छन्, जसले वास्तविक जीडीपीमा ०.४ प्रतिशत बिन्दुको सकारात्मक योगदान दिए

    • प्रकाशित मितिः साउन १५, २०८३
    • 628 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.