विदेश

    Showing 51-60 of 1,576 items.
  • नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

    काठमाडौं— नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ ।बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ ।प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर

    • प्रकाशित मितिः पुस २, २०८२
    • 341 पटक पढिएको
  • आजदेखि दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन हुँदै

    काठमाडौं— दोस्रो विश्वव्यापी परम्परागत चिकित्सा शिखर सम्मेलन आजदेखि भारतमा सुरु हुँदै छ । भारतले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को सहकार्यमा आयोजना गरेको उक्त सम्मलेन आजदेखि पुस ४ गतेसम्म सञ्चालन हुने छ ।विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को विश्वव्यापी परम्परागत चिकित्सा रणनीति सन् २०२५–२०३४ द्वारा निर्देशित यस सम्मेलन जनकेन्द्रित स्वास्थ्य सेवा तथा पृथ्वीको समग्र कल्याणमा परम्परागत चिकित्सा प्रणालीहरूले कसरी सार्थक योगदान पु¥याउन सक्छन् भन्ने विषयमा केन्द्रित हुने जनाइएको छ ।सम्मेलनले विश्वका नेता, वैज्ञानिक, परम्परागत चिकित्सा अभ्यासकर्ता तथा समुदायहरूलाई एकै ठाउँमा ल्याई सहकार्यलाई प्

    • प्रकाशित मितिः पुस २, २०८२
    • 383 पटक पढिएको
  • एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित

    काठमाडौं— गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनित भएकी छन् ।संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको हो ।हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरुले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।संघका अध्यक्ष महेश श्रेष्ठले प्रभावकारी रुपमा संस्थाका गतिविधिमा सक्रिय योगदानका साथै महिलाका क्षेत्रमा गरेको योगदानको कदर स्वरुप जिम्मेवारी प्रदान गरिएको बताए ।

    • प्रकाशित मितिः पुस २, २०८२
    • 371 पटक पढिएको
  • इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

    एजेन्सी— गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू पत्ता लगाउन र देशभरि घुसपैठ गर्नेहरूको प्रयास रोक्न देशका विभिन्न क्षेत्रहरूमा अपरेसन गरी अनुमति बिना इजरायलमा बसिरहेका ५१३ प्यालेस्टिनी बासिन्दाहरूलाई पक्राउ गरेको जनाइएको छ ।जेरुसेलम क्षेत्रमा नै, ३९१ अवैध बासिन्दाहरू र अवैध निवासलाई सहयोग गर्ने ३४ संदिग्धहरूलाई पक्राउ गरिएको जनाइएको छ । गएको सप्ताहन्तमा भएको एउटा घटनामा, जेरुसेलम क्षेत्रको सीमा प्रहरीले प्यालेस्टिनी क्षेत्रहरूसँगको विभाजन पर्खाल माथि उफ्रेर अतारोट औद्योगिक क्षेत्रको नजिकैको कारखाना भित्र लुकेका २५ जना अवैध बासिन्दाहरूलाई पक्राउ गरेको थियो ।यसै गर

    • प्रकाशित मितिः पुस १, २०८२
    • 385 पटक पढिएको
  • बाक्लो हुस्सुका कारण दिल्ली–आगरा एक्सप्रेस वेमा दर्जन सवारीसाधन ठोक्किए, १३ जनाको मृत्यु

    काठमाडौं— भारतमा करिब एक दर्जन सवारीसाधन एकापसमा ठोक्किँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।उत्तर प्रदेश, मथुरास्थित दिल्ली–आगरा–यमुना एक्सप्रेस–वेमा बाक्लो हुस्सुका कारण दुर्घटना भएको हो । मंगलबार बिहान साढे चार बजे सातवटा बस र तीनवटा कार एकापसमा ठोक्किएको बताइएको  छ ।दुर्घटनापछि आगलागी भएको थियो । त्यही आगलागीमा परी मृत्यु भएको हो । यस्तै, थुप्रै जना घाइते भएका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःखद घटना भएको मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेका छन् ।साथै, उनले घाइतेहरूको तत्काल उपचार गर्न आदेश दिएका छन् ।

    • प्रकाशित मितिः पुस १, २०८२
    • 536 पटक पढिएको
  • युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने - बर्लिन वार्ताअघि संवादका लागि तयार छौँ

    युक्रेन । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा तयार रहेको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूत तथा युरोपेली नेताहरूसँग हुने भेटघाटलाई अत्यन्तै महत्त्वपूर्ण भएको उल्लेख गरे।गत महिना ट्रम्पले सार्वजनिक गर्नुभएको युद्ध अन्त्यसम्बन्धी योजनामा युक्रेनले केही भूभाग त्याग्नुपर्ने सङ्केत रहेको भन्दै आलोचना हुँदै आएको छ । यसैबीच, वासिङ्टनले किएभमाथि सम्झौतामा पुग्न दबाब बढाइरहेको बताइन्छ । उक्त प्रस्तावपछि अमेरिका र युक्रेनका युरोपेली साझेदारहरूबीच कूटनीतिक गतिविधि तीव्र भ

    • प्रकाशित मितिः मंसिर २८, २०८२
    • 111 पटक पढिएको
  • कोलकातामा लियोनल मेस्सीको ७० फिट अग्लो प्रतिमा तयार, डिसेम्बर १३ मा उद्घाटन

    काठमाडौं— भारतको पश्चिम बंगालस्थित कोलकातामा अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीको ७० फिट अग्लो विशाल फलामे प्रतिमा निर्माण सम्पन्न भएको छ । हालसम्मकै सबैभन्दा ठूलो बताइएको मेस्सीको यो प्रतिमा दक्षिण दमदमको लेक टाउन क्षेत्रमा रहेको श्री भूमि स्पोर्टिङ क्लबले तयार गरेको हो ।प्रतिमामा मेस्सीले फिफा विश्वकप ट्रफी समाइरहेको दृश्य देखाइएको छ, र हाल अन्तिम तहको फिनिसिङ कार्य भइरहेको क्लबले बताएको छ ।प्रतिमाको बाहिरी क्षेत्र सजावटसहित अन्तिम तयारी भइरहेको जनाउँदै परियोजनामा संलग्न मोन्टी पॉलको टिमले फिनिसिङ कार्य गरिरहेको जानकारी दिएको छ ।श्री भूमि स्पोर्टिङ क्लबका अध्यक्ष तथा पश्चिम बंगालका मन्त्र

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 418 पटक पढिएको
  • ड्रोन निर्माण गर्ने कम्पनीमा आगलागी, कम्तीमा २२ जनाको मृत्यु

    काठमाडौं— इन्डोनेशियाको राजधानी जकार्तास्थित एक भवनमा लागेको भीषण आगलागीमा कम्तीमा २२ जनाको ज्यान गएको छ। सात तले भवनमा मंगलबार दिउँसो आगलागी भएको हो।सहरका प्रहरी प्रमुख सुसात्यो पुरनोमो कन्ड्रोका अनुसार आगो लाग्ने समयमा केही कर्मचारी मध्याह्न भोजन गरिरहेका थिए। प्रारम्भिक अनुसन्धानमा पहिलो तल्लामा ब्याट्री विस्फोट भएपछि आगलागी सुरु भई माथिल्लो तल्लातर्फ फैलिएको पाइएको छ। सो भवन ड्रोन निर्माण गर्ने कम्पनीको हो।प्रहरीका अनुसार ज्यान गुमाउनेमध्ये धेरैजसो महिला रहेका छन्, जसमा एक गर्भवती महिला पनि थिइन्। अधिकांशको मृत्यु धुवाँका कारण भएको आशंका प्रहरीले जनाएको छ।आगो नियन्त्रणका लागि २८ दमकल सवारी

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 388 पटक पढिएको
  • अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक

    काठमाडौ— अष्ट्रेलियामा अब १६ वर्षभन्दा कम उमेरका बालबालिकाले सामाजिक सञ्जाल प्रयोग गर्न नपाउने भएका छन्।प्रधानमन्त्री एन्टोनी अल्बानीजले यो कदमले बालबालिकालाई सुरक्षित र स्वस्थ वातावरणमा हुर्किन मद्दत गर्ने बताएका छन्। यो नियम बुधबारदेखि लागू हुँदैछ। सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई १६ वर्षमुनिका बालबालिकाले खाता खोल्न नदिने व्यवस्था गर्न भनेको छ।हाल फेसबुक, इन्स्टाग्राम, स्न्यापच्याट, थ्रेड्स, टिकटक, ट्विच, एक्स, युट्युब, किक र रेडिट जस्ता १० वटा सामाजिक सञ्जालमा यो नियम लागू हुनेछ। प्रधानमन्त्री अल्बानीजले "आजका बालबालिका मोबाइल र सामाजिक सञ्जालका धेरै प्रभावमा हुने भएकाले उनीहरूलाई केही

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 381 पटक पढिएको
  • रफाहको मावासीमा इजरायली गोली लागेर प्यालेस्टिनी बालिकाको मृत्यु

    काठमाडौं— दक्षिणी गाजाको रफाहस्थित मावासी क्षेत्रमा इजरायली सेनाको गोली लागेर एक प्यालेस्टिनी बालिकाको मृत्यु भएको छ। एम्बुलेन्स तथा आपतकालीन सेवाका अनुसार बालिकाको मृत्यु सेनाको तैनाथी क्षेत्र बाहिरै भएको हो।यसैबीच, इजरायल रक्षा बल (आइडीएफ) ले दक्षिणी गाजामा रहेका सैनिकहरू नजिक “पहेंलो रेखा” पार गर्दै तत्काल खतरा उत्पन्न गरेको एक आतंकवादीलाई पहिचान गरी हटाइएको दाबी गरेको छ। आइडीएफको भनाइ र स्थानीय स्रोतहरूको विवरणमा फरक देखिए पनि घटनाले गाजामा जारी तनाव थप गम्भीर बनेको संकेत गर्छ।

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • 364 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा