नयाँदिल्ली, २५ बैशाख । भारतमा ३० प्रतिशतभन्दा बढी केटीहरू र १३ प्रतिशत केटाहरूले सन् २०२३ मा १८ वर्षको उमेर नपुग्दै यौन हिंसाको अनुभव गरेको तथ्यांक सार्बजनिक भएको छ।द ल्यान्सेट जर्नलमा प्रकाशित एक विश्लेषण अनुसार सन् १९९०–२०२३ को बीचमा २०० भन्दा बढी देशहरूमा बालबालिका विरुद्धको यौन हिंसाको व्यापकता बढेको अनुमान गरिएको छ ।त्यसो त दक्षिण एसियामा बालिकाहरूका लागि सबैभन्दा बढी दर भारतमा रेकर्ड भएको छ भने कम बंगलादेशमा रहेको छ। जसअनुसार बंगलादेशमा ९.३ प्रतिशत र ३०.८ प्रतिशत रहेको देखिएको छ। साथै, विश्वभर पाँच मध्ये १ केटी र सात मध्ये एक केटाले १८ वर्षको उमेर नपुग्दै यौन हिंसा भोगिरहेका छन्।इन्स्टिच
काठमाडौं— पाकिस्तानका संचारमन्त्रीले भारतले कश्मीरमा सेतो झण्डा फहराएर हार स्वीकार गरेको दाबी गरेका छन् ।बुधबार बिहान ७ बजेतिर सूचना मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै तरारले भारतले नियन्त्रण रेखामा सेतो झण्डा फहराएको र “हार स्वीकार गरेको” दाबी गरे। पृष्ठभूमिमा बजाइएको सेतो झण्डाको फुटेजको अगाडि बसेर मन्त्रीले यो कुरा भने।“उनीहरूलाई सेतो झण्डा फहराउन बाध्य पारिएको छ,” तरारले भने। पीटीभी न्यूजले सैन्य संरचनाको माथि फहराइएको सेतो झण्डाको फुटेज पनि साझा गरेको छ ।
काठमाडौं, २२ बैशाख । भारतीय वायुसेनाका ग्रुप क्याप्टेन शुभांशु शुक्लाले भविष्यमा अन्तरिक्ष यात्राको अनुहार नै बदल्न सक्ने मिसनको तयारी गरिरहेका छन् । आगामी २९ मे २०२५ मा उनीसहितको टोली अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको लागि प्रस्थान गर्नेछन्, जहाँ तिनीहरू एक्स–४ मिसनमा भाग हुनेछन्। यो मिसन नासा, इसोरो र युरिपियन यूरोपीयन स्पेस एजेन्सीसँगको साझेदारीमा भइरहेको छ। शुभांशु शुक्लासँगै मिसनमा अमेरिकाका पेग्गी ह्वाइटसन, हंगेरीका टिबोर कापु र पोल्यान्डका स्लावोज उज्नान्स्की–विश्नेस्की पनि रहनेछन् । तिनीहरूको उद्देश्य अन्तरिक्षमा जीवन अर्थात मानव मात्र होइन तर बिरुवाहरूले पनि कसरी काम
काठमाडौं— पाकिस्तानी सेनाको आक्रमणबाट तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीयको मृत्यु भएको बताएका छन् ।यता पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतीय आक्रमणमा दुई बच्चासहित सात जनाको मृत्यु भएको बताएका छन् ।पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्ण अधिकार रहेको बताएका छन् ।बुधबार बिहान भारतले पाकिस्तानका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाएर एअर स्ट्राइक गरेको छ ।
गाजा, २४ बैशाख । इजरायलले गाजाको ७० प्रतिशत भुभागमा प्यालेस्टिनीहरूको पहुँचमा प्रतिबन्ध लगाएको छ सो स्थानका ठूला क्षेत्रहरूलाई ‘नो–गो जोन’ घोषणा गरेर वा जबरजस्ती विस्थापन आदेश जारी गरेको छ । मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालयका अनुसार दक्षिणी गाजामा, रफाह गभर्नरेटको धेरैजसो भागलाई ‘नो गो जोन’ घोषित गरिएको छ । मार्चको अन्त्यदेखि इजरायली सेनाले सो क्षेत्रलाई जबरजस्ती विस्थापन आदेश अन्तर्गत राखिएको छ। शुजाया छिमेकको पूर्व र इजरायली सीमानाका सम्पूर्ण क्षेत्रहरूलाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको हो । इजरायलको एनिमेटेड नक्शाले देखाउँछ कि कसरी इजरायलको सेना
काठमाडौं— गाजामा सन् २०२३ अक्टोबर ७ मा इजरायली सैन्य आक्रमण सुरु भएदेखि १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु भएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार हरेक ४० मिनेटमा एक बच्चाको मृत्यु भइरहेको छ।गाजाका स्वास्थ्य अधिकारीहरूका फिल्ड अस्पतालका निर्देशक मारवान अल–हाम्सले मृतकमा १६ हजार दुई सय ७८ बालबालिका रहेका र तीमध्ये नौ सय आठ शिशु र तीन सय ११ नवजात शिशुहरू मरेको बताए।आवश्यक स्वास्थ्य सेवामा बाधा पुर्याउँदै इजरायलले मार्चको सुरुमा क्रसिङहरू बन्द गरेपछि मानवीय अवस्था निकै बिग्रिएको उनले बताए। हजारौँ बालबालिका र गर्भवतीलाई चिकित्सा सेवाको पहुँचबाट वञ्चित पार्दा संकट बढेको छ।इ
एजेन्शी । युक्रेनले लगातार दोस्रो दिन रसियाका विमानस्थलमा ड्रोन आक्रमण गरेपछि, रसियाले सुरक्षा सुनिश्चित नभएसम्मका लागि भन्दै केही विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ।रसियाको उड्डयन निगरानी संस्था रोसाभियात्सियाले टेलिग्राममार्फत राजधानी मस्कोका चारवटै प्रमुख विमानस्थलहरू बन्द गरिएको जानकारी दिएको छ।मस्कोका मेयर सर्गेइ सोब्यानिनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, कम्तीमा १९ वटा युक्रेनी ड्रोन फरक-फरक दिशाबाट मस्को प्रवेश गर्नुअघि नै नष्ट गरिएको बताए। ती ड्रोनका भग्नावशेष मुख्य राजमार्गमा खसे पनि कुनै मानवीय क्षति नभएको उल्लेख गरेका छन्।हालसम्म युक्रेनले रसियाका विमानस्थलहरूम
काठमाडौं— हालै अमेरिकी पपस्टार लेडी गागाले ब्राजिलमा फ्रि कन्सर्ट गरेकी थिइन् । रियो द जेनरियोको कोपाकाबाना तटमा भएको सो कन्सर्टको आयोजना २० लाखभन्दा धेरै दर्शक आएको खबर आएको थियो । यसैबीच उक्त कन्सर्टमा बम प्रहार गर्ने प्रयास रियोको प्रहरीले असफल तुल्याएको खबर आएको छ । बम हान्ने योजना बनाउने व्यक्ति र एक किशोरी पक्राउ परेको प्रहरीले भनेको छ । आफूहरूले कन्सर्ट सकिएपछि भोलिपल्ट बिहान मात्रै खबरहरूबाट बमको खतराबारे थाहा पाएको गागाको टिमले भनेको छ । आक्रमणकारी समूहले खासगरी बालबालिका, किशोर किशोरी र एलजीबीटीक्यू प्लस समुदायलाई लक्षित बनाएको प्रहरीको भनाइ छ । यसका मास्टरमाइन्डलाई बन
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य बल लगाएर भए पनि ग्रिनल्यान्डलाई अलग्याउने धम्की दिएका छन् । एनबीसी न्युजसँगको कुराकानीमा उनले यस्तो भनेका छन् । यस क्रममा उनले डेनमार्कको स्वामित्वमा रहेको उक्त भूभागलाई अमेरिकाको हिस्सा बनाउने कुरा अस्वीकार पनि गरेनन् ।ट्रम्पले बारम्बार ग्रिनल्यान्डबारे अभिव्यक्ति दिइरहेका छन् । अमेरिकालाई राष्ट्रिय सुरक्षाको उद्देश्यले सो टापु देश चाहिएकोमा उनले जोड दिएका थिए । उनले सैन्य बल लगाएरै भए पनि ग्रिनल्यान्ड लिने कुरा पनि बारम्बार गरेका छन् । ‘म यस्तै गर्छु भनेर त मैले भनेको छैन, तर यस्तो नगर्ने सम्भावना पनि छैन’ एनबीसीका क्रिष्टन वेल्करसँगको अन्त
अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ऐतिहासिक अल्काट्राज जेल पुनः खोल्ने र यसको विस्तार गर्ने घोषणा गरेका छन्। उनले आइतबार आफ्नो ट्रुथआउट सामाजिक सञ्जालमार्फत लेख्दै भने, "अमेरिका लामो समयदेखि क्रूर, हिंस्रक र बारम्बार अपराध गर्ने व्यक्तिहरूको समस्या भोगिरहेको छ।"ट्रम्पले न्याय विभाग, एफबीआई, होमल्याण्ड सेक्युरिटी र कारागार ब्यूरोलाई अल्काट्राजसहित केही जेलहरू पुनः सञ्चालनमा ल्याउन निर्देशन दिएका छन्। उनका अनुसार, अल्काट्राज फेरि खोल्नु कानून, सुरक्षा र न्यायको प्रतीक हुनेछ।समुद्रको बीच टापुमा रहेको अल्काट्राज जेललाई विश्वकै सबैभन्दा कडा सुरक्षायुक्त र खतरनाक जेलमध्ये एक मानिन्छ। यो जेल 1
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.