काठमाडौं  – दिल्ली अदालतले भारतीय विपक्षी नेता अरविन्द केजरीवाललाई भ्रष्टाचार मुद्दामा निर्दोष ठहराउँदै सबै आरोपबाट मुक्त गरेको छ। मार्च २०२४ मा मदिरा इजाजतपत्र बाँडफाँटमा घुस लिएको आरोपमा पक्राउ परेका केजरीवाल केही महिना जेल बसेका थिए।

अदालतले उनलाई, उनका पूर्व सहायक मनिष सिसोदिया र अन्य २१ जनालाई पनि सबै आरोपबाट मुक्त गरेको छ। फैसलापछि केजरीवालले न्यायको विजय भएको भन्दै सत्यको पक्षमा खुशी व्यक्त गरे र सत्ताधारी पार्टी भारतीय जनता पार्टीमाथि राजनीतिक षड्यन्त्रको आरोप लगाए।

अदालतको फैसला केजरीवालको राजनीतिक छविलाई मजबुत बनाउने र आम आदमी पार्टीलाई आगामी निर्वाचनमा उत्साहित बनाउने संकेत भएको विश्लेषकहरूले बताउँछन्।