काठमाडौं— खाडी मुलुकमा बढेको तनावका कारण कतारमा हवाइ उडान प्रतिबन्ध लागेपछि कतार एयरवेजको उडान अस्थायी रूपमा रद्द भएको छ ।

कतार नागरिक उड्डयन प्राधिकरणले उडान प्रतिवन्ध हटाएपछि कतार एयरवेजले आफ्नो उडान सुरु गर्ने बताएको छ । थप जानकारी भोलि स्थानिय समयअनुसार ९ बजे दिइने कतार एयरवेजले जानकारी दियो । 

अमेरिका इजराइल र इरानबीच भइरहेको तनावका कारण अहिले विश्वभरिका उडानहरू प्रभावित भएका हुन् । आइतबारसम्म नेपालबाट यी क्षेत्रमा जाने २३ उडान रद्द हुँदा ४ हजारभन्दा बढी यात्रु समस्यामा परेका छन् ।