काठमाडौं– अमेरिका र इरानबीच तेहरानको आणविक कार्यक्रमबारे जेनेभामा भएको अप्रत्यक्ष वार्ता कुनै ठोस सम्झौतिविना समाप्त भएको छ। वार्तामा घण्टौँ छलफल भए पनि तनाव कम हुने सङ्केत देखिएको छैन।
ओमानका विदेशमन्त्री बद्र अल–बुसाइदीले ‘उल्लेखनीय प्रगति’ भएको बताए, तर दुवै पक्षले आफ्नो अडान कायम राखेका छन्। इरानले युरेनियम संवर्धन जारी राख्ने र प्रतिबन्ध हटाउनुपर्ने अडान दोहोर्याएको छ भने अमेरिका पूर्ण रोकथाम चाहन्छ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) भियनामा प्राविधिक तहको वार्ता अर्को हप्ता जारी रहनेछ। विश्लेषकहरूका अनुसार वार्तापछि तत्काल नहटिनु सकारात्मक संकेत हो र दुवै पक्षबीच साझा आधार अझै बाँकी छ।
सन् २०१५ को आणविक सम्झौतापछि इरानले संवर्धन ६० प्रतिशतसम्म पुर्याएको थियो। वार्ता असफल भए सैन्य कारबाहीको सम्भावना रहेको र पर्सियन खाडी र इजरायलसम्म तनाव फैलिन सक्ने चेतावनी छ। तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ।






































