एजेन्सी— चीन र जापानबीचको कूटनीतिक विवादको परिणामले जापानको पर्यटन उद्योगलाई नकारात्मक असर परेको छ ।गत महिना, जापानी प्रधानमन्त्री साने ताकाइचीले ताइवानमा चिनियाँ मुख्य भूमिको काल्पनिक आक्रमणले टोकियोबाट सैन्य प्रतिक्रिया निम्त्याउन सक्छ भनेको विषयलाई चीनले आक्रामक रुपमा लिएको थियो ।चीनले ताकाइचीको टिप्पणीको तुरुन्तै खण्डन गरेपनि चिनियाँ जनताले जापानी उत्पादन र सेवाहरूको ठूलो मात्रामा रद्द समेत गरेका थिए ।जसका कारण सबैभन्दा गम्भीर रूपमा प्रभावित क्षेत्रहरू मध्ये एक जापानको पर्यटन उद्योग हो । जुन स्थानीय मिडियाले कोभिड–१९ को समयमा भएको गिरावट जस्तै हालको अवस्था भएको रिर्पोटिङ गरेका छन् ।ओसाकादे
काठमाडौं— चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो ।मन्त्रालयका अनुसार चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन वार्तापछि दुवै देशका आर्थिक र व्यापारिक टोलीहरूले टिकटकको विषय शान्तिपूर्ण र आपसी समझदारीका आधारमा समाधान गर्ने प्रारम्भिक सहमति गरेका थिए । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे योङछियानले सम्बन्धित कम्पनीहरूले चिनियाँ कानुनको पालना गर
काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको शान्ति वार्ता अन्तिम चरणमा पुगेको बताएका छन् । आइतबार फ्लोरिडाको मार–ए–लागोमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता सुरु गर्दै ट्रम्पले अब युद्ध समाप्त हुने वा लामो समयसम्म जारी रहनेमध्ये एक अवस्था आउने स्पष्ट पारे ।ट्रम्पका अनुसार यदि अहिले शान्ति सम्झौता हुन सकेन भने युद्ध लामो समयसम्म चल्न सक्ने र अझै लाखौँ मानिसको ज्यान जाने खतरा रहेको छ। “हामी अन्तिम चरणको वार्तामा छौँ । या त युद्ध समाप्त हुन्छ, नभए यो धेरै समयसम्म चल्छ, जुन कसैले चाहँदैन,” ट्रम्पले भने ।बन्द कक्षमा हुने वार्ता सुरु हुनुअघि सञ्चारकर्मीसँग कुर
काठमाडौं— युक्रेनको राजधानी कीभ र आसपासका क्षेत्रमा रुसले नयाँ चरणको भीषण आक्रमण गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई “युद्ध प्रेमी मानिस” भएको आरोप लगाएका छन् ।क्यानडाको नोभा स्कोटियास्थित हेलिफ्याक्समा क्यानडाका प्रधानमन्त्री मार्क कार्नीको साथमा बोल्दै जेलेन्स्कीले युक्रेनले शान्ति चाहेको भए पनि रुस निरन्तर युद्धमै केन्द्रित रहेको बताए । उनले भने, “हामी शान्ति चाहन्छौं, तर पुटिन युद्ध प्रेमी मानिस हुन् ।”अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आइतबार फ्लोरिडामा हुने भेटअघि जेलेन्स्की क्यानडामै रहेका छन् । उनले ट्रम्पसमक्ष करिब चार वर्षदेखि
काठमाडौं— अस्पतालको वार्डमै बिरामीलाई मुक्का हान्दै गरेको भिडियो भाइरल भएपछि भारतको हिमाचल प्रदेशस्थित एक सरकारी अस्पतालका चिकित्सक निलम्बित भएका छन्।शिमलाको इन्दिरा गान्धी मेडिकल कलेज तथा अस्पताल (आईजीएमसी) का सिनियर रेजिडेन्ट चिकित्सक डा. राघव नरुलाविरुद्ध प्रहरीले फौजदारी मुद्दा दर्ता गरेको छ। भिडियोमा चिकित्सकले बेडमा सुतिरहेका बिरामीमाथि कुटपिट गरिरहेको देखिन्छ।घटनापछि अस्पताल प्रशासनले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। हिमाचल प्रदेश सरकारले घटनालाई गम्भीर र अस्वीकार्य भन्दै दोषीमाथि कडा कारबाही हुने जनाएको छ।बिरामीले सम्मानजनक व्यवहार माग्दा विवाद बढेको दाबी गरेका छन् भने चिकित्सकले
भारत— भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा एउटा निजी स्लिपर बस र ट्रक एकआपसमा ठोक्किँदा नौ जनाको मृत्यु भएको छ । अन्य धेरै यात्रीहरू घाइते भएका छन् ।दुर्घटना कर्नाटकको राजधानी बेंगलुरुबाट करिब २०३ किलोमिटर उत्तर-पश्चिममा पर्ने चित्रदुर्गा जिल्लाको हिरियुर क्षेत्रस्थित गोरलाथु गाउँको राजमार्गमा बिहीबार भएको थियो ।प्रहरीकाअनुसार विपरित दिशाबाट आउँदै गरेको ट्रकले सडकको डिभाइडर नाघेर बसलाई ठक्कर दिएको थियो ।ठक्कर लगत्तै बसमा भीषण आगो लागेको र केही बेरमै आगोको लप्काले पूरै बसलाई आफ्नो चपेटामा लिएको थियो ।बसमा चालक र सहचालकसहित कुल ३२ जना सवार रहेको रिपोर्टमा उल्लेख छ ।भारतमा प्रायः सडकको जीर्ण अवस्
काठमाडौं— चीनमा कृत्रिम हीराले सेमिकन्डक्टर र फोटोभोल्टाइकजस्ता उच्च–प्रविधि क्षेत्रमा तीव्र रूपमा स्थान बनाउँदै गएको छ । अत्यधिक कडापन, उच्च शुद्धता र सूक्ष्म स्तरको परिशुद्धताका कारण यी हीराले परम्परागत सामग्रीलाई विस्थापित गर्दै चिनियाँ उद्योगलाई प्रतिस्पर्धात्मक लाभ दिलाइरहेका छन् ।केन्द्रीय चीनको हेनान प्रान्तस्थित फाङचेंग काउन्टीमा रहेको एक कारखानामा माइक्रोन स्तरका सिंगल–क्रिस्टल हीराको उत्पादन तीव्र रूपमा भइरहेको छ । यी हीरा सौर्य वेफर काट्न प्रयोग हुने उच्चस्तरीय घर्षण सामग्रीका रूपमा प्रयोग हुँदै आएका छन् । कम्पनीका अनुसार आधुनिक चिप र सौर्य ऊर्जा उत्पादकहरूका लागि आवश्यक कडापन र शुद
एजेन्सी— बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७ वर्षपछि स्वदेश फर्किएका छन् । उनको पार्टी बीएनपीका एक लाख कार्यकर्ता ढाका विमानस्थल नजिकै उनको स्वागत गर्न भेला भएका छन् । रहमान २००८ मा पक्राउबाट बच्न लन्डन भागेका थिए । त्यतिबेला हसिना सरकारको समयमा उनीविरुद्ध धेरै भ्रष्टाचारका मुद्दाहरू लगाइएको थियो ।बंगलादेशमा अर्को वर्ष फेब्रुअरी १२ मा आम चुनाव हुने तय भएको छ । शेख हसिनाको पार्टी, अवामी लिगलाई प्रतिबन्ध लगाइएकोले बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) विजयको प्रमुख दावेदार मानिएको छ । बीएनपीकी अध्यक्ष खालिदा जिया ८० वर्षकी र सिकिस्त बिरामी रहेकाले रहमानलाई बंगलादेशको
एजेन्सी— विश्व प्रसिद्ध बालुवा कलाकार सुदर्शन पटनायकले क्रिसमसको पूर्वसन्ध्यामा भारतको पूर्वी ओडिशा राज्यको समुद्र तटमा एक हजार किलोग्रामभन्दा बढी स्याउ प्रयोग गरेर सान्ता क्लज सिर्जना गरेका छन् ।विशाल बालुवाका मूर्तिहरू सिर्जना गरेर परिचित पटनायकले १.५ टन स्याउ प्रयोग गरेर चम्किलो रातो रंगको सान्ता क्लज बनाए । जुन लगभग ६० फिट लम्बाइ र ४५ फिट चौडाइको थियो । विश्व शान्तिको कामना गर्दै सान्ताको सिर्जन गरिएको हो ।पटनायक र उनको टोलीले लामो समय लगाएर स्थापना गरेको उक्त सिर्जनालाई आगन्तुकहरुले चमत्कार भनेका छन् । गत वर्ष, पटनायकले चकलेटबाट बालुवाको मूर्ति बनाएका थिए । सान्ता क्लजको विश्वको सबैभन्दा
एजेन्सी— चीनको सांघाइमा क्रिसमसको रौनक देखिएको छ । सांघाईका प्रमुख पर्यटकीय स्थलहरूमा पर्यटकको संख्यामा वृद्धि भइरहेको छ । सांघाई डिज्नील्याण्डले गत महिना आफ्नो १० करोडौं आगन्तुकलाई स्वागत गरेको थियो ।क्रिसमस, बिदाको मौसम र हिट एनिमेटेड फिल्म जुटोपियाका कारण उक्त क्षेत्रमा पर्यटकहरूको संख्या बढेको छ । विशेषत सांघाइमा हिउँ दुर्लभ मानिन्छ तर कृतिम हिउँका कारण पर्यटक थप लोभिएका छन् । त्यहाँ सूर्यास्त हुने बित्तिकै कृत्रिम हिउँ पर्ने गरेको छ ।उक्त क्षेत्रमा युरोपका मानिसहरूलाई मात्र आकर्षित गर्दैन, तर अन्य एसियाली देशहरूबाट पनि आगन्तुकहरूको संख्या बढ्दै गएको स्थानीयको भनाइ छ ।चिनियाँ आधुनिकीकरण सं
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.