अलास्का । अमेरिकाको अलास्कामा आठ जना सवार चार्टर विमान दुर्घटनामा परेको छ। दुर्घटनापछि विमानमा रहेका दुई पाइलट र छ यात्रुको अवस्था अज्ञात रहेको अधिकारीहरूले बताएका छन्।
पश्चिमी अलास्काको दुर्गम क्षेत्रमा दुर्घटना भएको हो। अमेरिकी अधिकारीहरूका अनुसार विमान एन्कोरेजबाट केप न्युवेनहमतर्फ उडेको थियो।
प्रारम्भिक विवरणअनुसार गन्तव्यतर्फ पुगेर अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो। दुर्घटनास्थल दुर्गम क्षेत्रमा रहेकाले उद्धार तथा खोजी कार्यमा चुनौती देखिएको छ।
नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड ९एनटीएसबी० का अलास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनले विमानमा दुई पाइलट र छ यात्रु गरी आठ जना रहेको पुष्टि गरेका छन्।
दुर्घटनाको कारणबारे तत्काल स्पष्ट जानकारी सार्वजनिक भएको छैन। घटनाबारे सम्बन्धित निकायले अनुसन्धान अघि बढाएको छ।






































