विदेश

    Showing 1,741-1,750 of 2,133 items.
  • ‘भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट ह्याक’

    एजेन्सी / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ।“प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको र त्यसबाट प्रसारित कुनै पनि सन्देशलाई बेवास्ता गर्नुपर्ने जनाइएको छ । प्र म मोदीका दुई ट्विटर अकाउन्टहरू छन् –  @narendramodi र @PMOIndia। जहाँ @PMOIndia। का ४५.४ मिलियन फलोअर्स छन्, भने  @narendramodi का ७३.४ मिलियन भन्दा बढी फलोअर्स छन्। भारतीय प्रधानमन्त्री प्रायः आफ्नो सरकारका प्रमुख घोषणा वा निर्णयहरू प्रसारित गर्न ट्विटर प्रयोग गर्ने गर्छन ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 140 पटक पढिएको
  • पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४को मृत्यु, ७ जना बेपत्ता

    एजेन्सी / पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्।दुर्घटना हुँदा चालक दलका १४ सदस्य सवार थिए । उद्धार ब्यूरोले बिहान ४: ४३ मा उक्त दुर्घटनाको रिपोर्ट प्राप्त गरेको जनाइएको छ । हालसम्म तीन जनाको उद्धार गरिएको छ भने चार जनाको शव फेला परेको छ ।बेपत्ता चालक दलका सदस्यहरुको खोजीका लागि उद्धार हेलिकप्टर र उद्धार जहाज पठाइएको छ।

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 141 पटक पढिएको
  • अमेरिकामा आँधीका कारण ७० भन्दा बढीको मृत्यु

    बिर्तामोड (एजेन्सी) अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । आँधीबाट मेफिल्ड शहरमा अवस्थित एक मैनबत्ती कारखानामा मात्रै १२ जना मजदुरको मृत्यु भएको बताइएको छ । उद्धारकर्मीहरूले कारखानाबाट १४० भन्दा बढी व्यक्तिहरूलाई सुरक्षित रुपमा बाहिर निकालेका छन् । केन्टकीका गर्भनर एण्डी बेशियरले अब कुनै भग्नावशेषबाट कसैलाई सुरक्षित रुपमा निकाल्न सकिएमा त्यो चमत्कार हुने बताएका छन् ।यद्यपि खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ ।केन्टकी राज्यलाई आपतकालीन स्थिति घोषणा गरिएको छ । यो आँधीलाई अमेरिकाको इतिहासकै ठूलो आँधी भनिएको छ ।&n

    • प्रकाशित मितिः मंसिर २६, २०७८
    • 138 पटक पढिएको
  • पेले फेरि अस्पताल भर्ना

    ब्राजिल / ब्राजिलका फुटबल लिजेन्ड पेले पेटको ट्युमरको उपचार जारी राख्न अस्पताल फर्किएका छन् ।८१ वर्षीय पेलेले सेप्टेम्बरमा ट्युमर हटाउन शल्यक्रिया गराएका थिए र डाक्टरहरूले केमोथेरापी दिन आवश्यक पर्ने बताएका थिए ।साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालले जारी गरेको विज्ञप्तिमा बिरामीको अवस्था स्थिर रहेको र छिट्टै डिस्चार्ज हुन सक्ने बताइएको छ ।सेप्टेम्बर ३० मा अस्पतालबाट डिस्चार्ज भइसकेपछि पेलेले गत महिना आफूलाई हरेक दिन राम्रो भइरहेको महसुस गरिरहेको बताएका थिए । चिकित्सकहरूले नियमित स्वास्थ्य परीक्षणका क्रममा ट्युमर पत्ता लगाएका थिए ।तीन पटकको विश्वकप विजेता सन् २०१२ मा हिप रिप्लेसमेन्ट सर्जरी

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 169 पटक पढिएको
  • ७ जना शान्ति सैनिकको हत्या, संयुक्त राष्ट्रसङ्घले गर्यो निन्दा

    एजेन्सी / मालीमा संयुक्त राष्ट्रसङ्घका सात शान्ति सैनिक मारिएका छन् । मालीमा खटेको शान्ति मिसन मिनुस्मा का ७ जना सैनिक मारिएको बताइएको छ । बुधबार ती सैनिक मालीको राजधानी बामाको नजिकै भएको आक्रमणमा मारिएका हुन् । सो आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो । सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीर रुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।यसअघि पनि मालीको शान्ति मिस

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 143 पटक पढिएको
  • सैन्य हेलिकप्टर दुर्घटना : भारतीय सेनाका उच्च अधिकारीको मृत्यु

    भारतमा सेना प्रमुख सहित उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरी नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ ।दुर्घटनामा परी ४ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • 148 पटक पढिएको
  • भारतीय सेना प्रमुख बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना

    एजेन्सी / भारतीय सेना प्रमुख (सीडीएस) विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको नीलगिरीमा उक्त हेलिकप्टर दुर्घटना भएको हो । उक्त दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा भारतीय सेना प्रमुख रावत, उनका कर्मचारी र परिवारका सदस्य सवार थिए । हेलिकप्टरमा १४ जना सवार रहेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ । हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । दुर्घटनाग्रस्त भएको सेनाको यो हेलिकप्टर एमआई सिरिजको थियो । 

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 165 पटक पढिएको
  • जहाँ विद्यालय जान तयार छैनन् छात्राहरू

    भारत / भारतको राजस्थान राज्यको अल्वार जिल्ला स्थित एक सरकारी विद्यालयका प्रधानाध्यापक सहित नौजना शिक्षकद्धारा कक्षा ३, ६ र १० मा अध्ययनरत छात्राहरूलाई निरन्तर एक वर्ष देखि सामूहिक बलात्कार गरेको भारतीय सञ्चार माध्यम इन्डिया टुडेले जनाएको छ ।चार जना छात्रा मध्ये कक्षा १० मा अध्ययनरत छात्रा विद्यालय जान नमाने पछि उनका बुबाले सोधपुछ गर्दा यस्तो तथ्य बाहिर आएको हो । सो छात्राको जाहेरीका आधारमा छानविन गर्दा थप तीन जना छात्रापनि पीडित रहेको पाइएको मन्धना पुलिस स्टेसनका प्रमुख मुकेश यादवले जानकारी दिएको इन्डिया टुडेले जनाएको छ ।पीडित एक छात्राका अनुसार उनीहरूले विद्यालयकी एक महिला शिक्षकालाई सो घटना

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 165 पटक पढिएको
  • अमेरिकाद्धारा शीतकालीन ओलम्पिक बहिष्कारको घोषणा

    एजेन्सी / अमेरिकाले सन् २०२२ मा चीनमा हुने शीतकालीन ओलम्पिकलाई कूटनीतिक रूपमा बहिष्कार गर्ने घोषणा गरेको छ ।चीनमा मानव अधिकारसम्बन्धी विषयको चिन्ता थपिएको भन्दै ह्वाइट हाउसले प्रतियोगितामा आधिकारिक प्रतिनिधिमण्डल नपठाउने जनाएको हो । तर अमेरिकी खेलाडी भने प्रतियोगितामा सहभागी हुन पाउने र उनीहरूलाई सरकारको पूर्ण समर्थन रहने उल्लेख गरेको छ ।अघिल्लो महिना अमेरिकी राष्ट्रपति जो बाइडनले आउँदो वर्ष बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकको कूटनीतिक आविष्कारबारे आफूले विचार गरिरहेको बताउनुभएको थियो । ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले अमेरिकी प्रशासनले ओलम्पिकको उत्सवमा योगदान नगर्ने प्रस्ट पार्नुभएको छ ।

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 135 पटक पढिएको
  • बर्सेनि १५ करोड मानिसलाई पुग्‍ने खानेकुरा फाल्छ अमेरिका

    एजेन्सी / अमेरिकाले उत्पादन हुने खानेकुराको एक तिहाइ खानेकुरा फाल्ने गरेको छ । अमेरिकाको वातावरण संरक्षण सम्बन्धी निकाय इपीएचले एक प्रतिवेदन सार्वजनिक गर्दै सो जानकारी दिएको हो । अमेरिकाले यसअघि सन् २०३० सम्म  खाद्यान्न फोहर अ‌ाधा कटौती गर्ने प्रतिबद्धता जनाएको थियो ।खाद्यान्न हिनामिना गर्दा लाखौं डलर नोक्सान हुने र यसले जलवायु परिवर्तनमा समेत असर गर्छ । ठूलो परिणाममा खाद्यान्न फोहर लेन्डफिल साइटमा फाल्दा यसले वातावरणमा असर गर्ने मिथेन ग्यास उत्सर्जन गर्ने वैज्ञानिकहरूले बताउँदै अ‌ाएका छन् ।सन् २०१५ मा पेरिस सम्झौतामा उल्लेख भएबमोजिम विश्व तापमानलाई १ दशमलब ५ मा झार्न अमेरिकामा खाद्य प्रण

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 146 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.