भारतमा सेना प्रमुख सहित उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरी नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

इन्डियन एयर फोर्सले पनि ट्विटरमार्फत सेना प्रमुख रावतसहितको टोली रहेको एमआई-१७ भी ५ हेलिकप्टर दुर्घटनामा परेको बताएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा रावतसहित १४ जना सवार रहेको इन्डियन एक्सप्रेसले जनाएको छ । हेलिकप्टरमा सेना प्रमुख रावतकी पत्नी पनि रहेको समाचारहरुमा जनाइएको छ ।

दुर्घटनामा परी ४ जनाको मृत्यु भएको भारतीय समाचार माध्यमहरूले जनाएका छन् ।