एजेन्सी / मालीमा संयुक्त राष्ट्रसङ्घका सात शान्ति सैनिक मारिएका छन् । मालीमा खटेको शान्ति मिसन मिनुस्मा का ७ जना सैनिक मारिएको बताइएको छ ।

बुधबार ती सैनिक मालीको राजधानी बामाको नजिकै भएको आक्रमणमा मारिएका हुन् । सो आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ ।

OM Sai Pathibhara Hospital

मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारी साधनमाथि नै हमला गरिएको थियो ।

सो हमलामा परी सात जना शान्ति सैन्य मारिएका र अरु तीन जना गम्भीर रुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ ।

यसअघि पनि मालीको शान्ति मिसनल मा यसैगरी हमला हुने गरेको छ । जसमा परेर कैयौँ सैनिक मारिएका छन् ।

सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरेका छन । उनले शान्ति स्थापनाका लागि खटेका सैनिक माथिको हमला निन्दनीय रहेको बताएका छन ।