एजेन्सी / भारतीय सेना प्रमुख (सीडीएस) विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । तमिलनाडुको नीलगिरीमा उक्त हेलिकप्टर दुर्घटना भएको हो । 

उक्त दुर्घटनाग्रस्त भएको हेलिकप्टरमा भारतीय सेना प्रमुख रावत, उनका कर्मचारी र परिवारका सदस्य सवार थिए । हेलिकप्टरमा १४ जना सवार रहेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ । 

OM Sai Pathibhara Hospital

हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गएको बताइएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । 

दुर्घटनाग्रस्त भएको सेनाको यो हेलिकप्टर एमआई सिरिजको थियो ।