भारत / भारतको राजस्थान राज्यको अल्वार जिल्ला स्थित एक सरकारी विद्यालयका प्रधानाध्यापक सहित नौजना शिक्षकद्धारा कक्षा ३, ६ र १० मा अध्ययनरत छात्राहरूलाई निरन्तर एक वर्ष देखि सामूहिक बलात्कार गरेको भारतीय सञ्चार माध्यम इन्डिया टुडेले जनाएको छ ।

चार जना छात्रा मध्ये कक्षा १० मा अध्ययनरत छात्रा विद्यालय जान नमाने पछि उनका बुबाले सोधपुछ गर्दा यस्तो तथ्य बाहिर आएको हो । सो छात्राको जाहेरीका आधारमा छानविन गर्दा थप तीन जना छात्रापनि पीडित रहेको पाइएको मन्धना पुलिस स्टेसनका प्रमुख मुकेश यादवले जानकारी दिएको इन्डिया टुडेले जनाएको छ ।

OM Sai Pathibhara Hospital

पीडित एक छात्राका अनुसार उनीहरूले विद्यालयकी एक महिला शिक्षकालाई सो घटना बारेमा जानकारी दिएको भएपनि सो शिक्षिकाले विद्यालयको शुल्क तिरिदिने, खाता किताब किनिदिने भन्दै लोभ देखाई घटनाबारे कसैलाई पनि नभन्न भनेकी थिइन् ।

केही समय पछि तीनै शिक्षिकाले थुप्रै पटक शिक्षकहरूको घरमा लाने गरेको र शिक्षकहरूले मदिरा सेवन गरि उनीहरूसँग जबरजस्ती अनैतिक कार्य गर्ने गरेको र महिला शिक्षकाले सोको भिडियो बनाउने गरेको छात्राले बताएको इन्डिया टुडेले उल्लेख गरेको छ ।

पीडित छात्राका बुबाले विद्यालयमा उजुरी गर्दा प्रधानाध्यापकले आफूलाई यस्तो घटना बारे कुनै जानकारी नभएको भन्दै कुरा सुन्न नमानेको र आफू मन्त्रीको भाइ भएको भन्दै घटना बाहिर ल्याए ज्यान मार्ने धम्की समेत दिएको पीडित परिवारले जनाएका छन् ।

प्रहरीले घटनाको छानबिन गरिरहेको र सामूहिक बलात्कारको मद्धा चलाइएको इन्डिया टुडेले उल्लेख गरेको छ ।