विदेश

    Showing 1,221-1,230 of 1,582 items.
  • २० महिनापछि विदेशीलाई अमेरिका प्रवेश खुला

    बिर्तामोड / कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश खुल्ला गरिएको छ । कोरोना संक्रमण व्यापक रुपमा बढेपछि प्रवेशमा प्रतिबन्ध लगाएको अमेरिकाले २० महिनापछि विदेशी नागरिकलाई प्रवेश गर्न खुल्ला गरेको हो । यो प्रतिबन्धले बेलायत र युरोपेली देशहरू सहित झण्डै ३० वटा मुलुकका गैर अमेरिकी नागरिकहरू प्रभावित भएका थिए । पूर्ण खोप लगाएकाहरूलाई प्रतिबन्ध खुकुलो पारिएकाले सहज हुने बताइएको छ । चीनमा कोरोनाको संक्रमण व्यापक रुपमा बढेपछि संक्रमण फैलिन नदिन सन् २०२० को शुरु तिर अमेरिकाले चिनियां नागरिकलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो । पछि विस्तारै अन्य देशमा पनि प्रतिबन्ध

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • 114 पटक पढिएको
  • कोरियन भाषा परीक्षाको आवेदन मङ्सिरदेखि खुल्दै

    काठमाडौँ / कोरियाले २ वर्ष देखि बन्द भएको रोजगार अनुमति प्रणाली (ईपीएस) मङ्सिरदेखि खुलाउने भएको छ । कोभिड संक्रमण रोकथाम गर्ने भन्दै कामदार लैजान बन्द गरेको दक्षिण कोरियाले आउँदो मङ्सिरदेखि ईपीएसको प्रक्रिया खुला गर्ने भएको हो । ईपीएस प्रणालीअन्तर्गत भाषा पास गरेका १० हजारभन्दा बढी नेपाली कामदार कोरिया जाने प्रक्रियाअगाडि बढ्ने भएको छ । पछिल्लो समय कोभिड –१९ को महामारीका कारण नेपाली कामदार कोरिया जान पाएका थिएनन् । एक साता अघि कोरियाले कमिटेड कामदार लगेको थियो । त्यहाँको श्रम मन्त्रालयले शुक्रबार गरेको नयाँ निर्णयअनुसार ईपीएसमार्फत रोजगारीका लागि कोरिया जाने १६ वटै देशबाट क

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 138 पटक पढिएको
  • न्युजिल्यान्डमा पनि बन्यो इच्छा मृत्यु रोज्न पाउने कानुन

    न्युजिल्यान्ड  / न्युजिल्यान्ड सरकारले आज देखि इच्छा मृत्यु रोज्न पाउने कानुन लागू गरेको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले कडा मापदण्ड बनाउँदै आज देखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएको हो । इच्छा मृत्यु रोज्न पाउने या नपाउने भनेर गत अक्टोबरमा जनमत संग्रह भएको थियो । जनमत सङ्ग्रहमा ६५.१ प्रतिशतले पाउनु पर्छ भनेर मतदान गरेका थिए । सोही अनुरूप उक्त कानुन पास भएको थियो।तर, इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्ने छ। कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बचाउन नसकिने अवस्था भए इच्छा मृत्युको विकल्प रोज्न पाउने छन्।  यो प्रक्रियाका लागि कम

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 144 पटक पढिएको
  • इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा कम्तिमा ९८ जनाको मृत्यु

    एजेन्सी  / सियरा लिओनको राजधानी फ्रीटाउनमा शनिबार अर्को लरीसँग जुधेँर विस्फोट हुँदा कम्तीमा ९८ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। आगलागी हुनुअघि इन्धन पोखिएको समाचार संस्था एएफपीले जनाएको छ ।  त्यसपछि लागेको आगोले नजिकै रहेका मानिस र सवारी साधनमा सल्किएको थियो। घटनामा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइते हुनेमा अधिकांश महिला र बालबालिका छन्। अधिकांशको शरीरका धेरै भाग जलेका छन्। आफ्ना सवारी साधनमा फसेका कारण कैयौंले ज्यान गुमाउन पुगेका थिए।घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • 121 पटक पढिएको
  • तालिबानद्धारा विदेशी मुद्रामा प्रतिबन्ध

    बिर्तामोड  / अफगानिस्तानमा तालिबानले विदेशी मुद्रा प्रयोगमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । बिहीबार विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको तालिबानका प्रवक्ता जबिहुल्ला मुजाहिदले बताए । मुजाहिदले अनलाइनमा पोष्ट गरिएको विज्ञप्तिमा भनिएको छ –‘इस्लामिक इमिरेट्सले सबै जनता, पसले, व्यापारी, व्यवसायी र सर्वसाधारणलाई हरेक कारोबार अफगानी मुद्रामा गर्न र विदेशी मुद्रा प्रयोग नगर्न आदेश दिएको छ ।’ काबुलस्थित अफगानिस्तानको सबैभन्दा ठूलो सैनिक अस्पतालमा हमला भएको केही घण्टालगत्तै तालिबानले विदेशी मुद्रामाथि पूर्ण प्रतिबन्ध लगाएको बताइएको छ । काबुलस्थित सरदार मोहम

    • प्रकाशित मितिः कार्तिक १७, २०७८
    • 115 पटक पढिएको
  • नयाँ श्रमिक मलेसिया जानेमा अन्योल

    काठमाडौँ / मलेसियामा रहेको नेपाली दूतावासले नयाँ श्रमिक मलेसिया जान सक्नेबारे कुनै पनि औपचारिक जानकारी नआएको जनाएको छ ।दूतावासले विज्ञिप्ति जारी गर्दै मलेसियाको रोजगारी खुलेको र दूतावासबाट मागपत्र प्रमाणीकरण भइरहेको भन्ने विषयमा ध्यानाकर्षण भएको जनाइएको छ ।भिसाको अवधि भएकाले मलेसियाको अध्यागमन विभागबाट स्वीकृति लिएर सात दिनको क्वारेन्टाइन बस्ने गरी मलेसिया जान सक्नेछनर । मलेसियाले आवागमन नियन्त्रण लागू गरेदेखि नै दूतावासले स्थगित गरेको मागपत्र प्रमाणीकरणको काम अहिलेसम्म पनि सुरु भएको छैन ।

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 113 पटक पढिएको
  • भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

    एजेन्सी  / भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कुल सङ्ख्या चार लाख ५७ हजार १९१ पुगेको छ ।एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका छन् ।हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित छन् । भारतमा कोरोना शुरु भएदेखि तीन करोड ३६ लाख २७ हजार ६३२ जना व्यक्ति कोरोना मुक्त भएका छन् । गत २४ मात्र १३ हजार १९८ जना कोरोना मुक्त भएका पनि समाचार

    • प्रकाशित मितिः कार्तिक १२, २०७८
    • 73 पटक पढिएको
  • आइएसको आक्रमणबाट १० को मृत्यु, १२ घाइते

    एजेन्सी / इराकको पूर्वी प्रान्त दियालामा आइएसको आक्रमणमा री कम्तीमा १० जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । दियाला प्रान्तका प्रहरी प्रवक्ताका अनुसार उक्त प्रान्तमा आइएसका आक्रमणकारीले यहाँ पछिल्लो समयमा हिंसात्मक क्रियाकलापहरू अघि बढाएकाले इराकी सेनाले कारबाही सुरु गरेको थियो ।इराकी राष्ट्रिय सुरक्षा निकायहरूले उक्त प्रान्तमा पछिल्लो समयमा सुरक्षा व्यवस्था कडा पारेर आइएसहरुको खोजी अभियानलाई तीब्र पारेको बताएको छ ।त्यसक्रममा गत हप्तामात्र पनि सो दियाला प्रान्तमा यहाँका सुरक्षा निकायहरुले गरेको कारबाहीका क्रममा आइएसका केही सदस्यको निधन भएको थियो ।इराकी सरकारले इराकका विभिन्न स्थ

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 108 पटक पढिएको
  • गृहयुद्ध टार्न सत्ता कब्जा गरेको सुडानी सेनाको दाबी

    काठमाडौँ / गृहयुद्ध टार्नका लागि सत्ता आफ्नो हातमा लिएको सुडानी सेनाले दाबी गरेको छ ।सैनिक कू गरेका जनरल अब्देल फातक बुर्हानले गृहयुद्ध टार्न सेनाले कदम चालेको दाबी गरेका हुन् । सेनाले शान्ति र सुव्यवस्था कायम गर्न भन्दै देशभर संकटकाल घोषणा गरेको छ । सत्ताच्यूत गरिएका प्रधानमन्त्री अब्दुल्ला हाम्डोक केही दिन सैनिक जनरलकै घरमा बसेर अहिले आफ्नै घर फर्किएका छन् । सेनाले शक्ति हातमा लिएपछि सुडानमा प्रदर्शन भइरहेको छ ।राजधानीमा सडक, पसल तथा पुलहरु बन्द गरिएका छन् । टेलिफोन तथा इन्टरनेट सेवा पनि प्रभावित भएको छ ।

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • 131 पटक पढिएको
  • सुडानमा सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारीमा ५ को मृत्यु, १४०जना घाइते

    काठमाडौँ / सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ । १ सय ४० जना घाइते भएका छन् । सुडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।सेनाले आपतकालको घोषणा गर्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरूको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ । संसारभर यो सैन्य कूको आलोचना भइरहेको छ र अमेरिकाले सुडानलाई दिइने ७० करोड डलरको मद्दत रोकेको छ । सैन्य कूको नेतृत्व गर्ने जनरल अब्देल फतह अल बुर

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 108 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा