एजेन्सी / राजस्थानको राजधानी जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । चलिरहेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा आज बिहान गोली प्रहार गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

रेलवे सुरक्षा बलकै जवानले रेलमा किन गोली चलाए भन्ने खुलेको छैन । उनको गोली लागेर सुरक्षा फोर्सका एक जना असई, दुई जना यात्रु र एक जना रेलमा काम गर्ने मानिसको मृत्यु भएको छ । उनलाई नियन्त्रणमा लिइएको र घटनाको अनुसन्धान गरिरहेको महाराष्ट्र प्रहरीले जनाएको छ ।