काठमाडौँ- भारतको लोकसभाको सभामुख पदमा ओम बिरला निर्वाचित भएका छन् ।

बुधबार प्रोटेम सभामुख भर्त्रीहरि महताबले बिरला निर्वाचित भएको घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

त्यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपा सांसद बिरलालाई सभामुख चयन गर्ने प्रस्ताव पेश गरेका थिए ।

बिरला लगातार दोस्रो पटक लोकसभाको सभामुख बनेका हुन् ।