एजेन्सी— रुसको दक्षिणी प्रान्त दागेस्तानस्थित क्रिस्चियन र यहुदीहरूको सभाघरमा बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार भएको छ। यो घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ।

दागिस्तानको डर्बेन्ट शहरमा भएको गोलाबारीमा २० जनाभन्दा बढी घाइते भएका छन् । समाचार एजेन्सी तासका अनुसार सुरक्षा बलको जवाफी कारबाहीमा चार आतंककारी मारिएका छन् ।

OM Sai Pathibhara Hospital

गोलीबारीमा चर्चका एक पादरी र एक प्रहरीको मृत्यु भएको बताइएको छ। हमलापछि यहुदी धर्मस्थलको एउटा तल्लामा रहेको झ्यालबाट ठूला ठूला आगोको मुस्लो निस्किएको थियो ।