काठमाडौं— इन्डोनेसियाले बाली टापुमा साइबर अपराध गरेको आरोपमा एक सय तीन जनालाई देश निकाला गर्ने भएको छ । देश निकाला हुनेमा ९१ जना पुरुष र १२ महिला रहेका समाचार संस्था अलजजिराले जनाएको छ ।

तीमध्ये धेरैजसो ताइवानका रहेका छन् । प्रवेशाज्ञा दुरुपयोग गरेको तथा साइबर अपराध गरेको आरोपमा उनीहरुलाई देश निकाला गर्न लागिएको इन्डोनेसियाली अधिकारीले बताएका छन् । स्टिङ अपरेसनबाट उनीहरुलाई सयौं यन्त्रउपकरणसहित, सीमापार साइबर–ठगी र भिसा उल्लङ्घनको आरोपमा पक्राउ गरिएको अध्यागमन निर्देशक सफार मुहम्मदले बताएका छन् ।

OM Sai Pathibhara Hospital

इन्डोनेसियाले यो समूहको अन्तर्राष्ट्रियस्तरमा अरू कुनै सम्बन्ध छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् । तर ताइवानको परराष्ट्र मन्त्रालयले पक्राउ परेका एक सय तीन जनामध्ये १४ जना मात्रै ताइवानी भएको बताएको छ । दक्षिणपूर्वी एशियाभर साइबर–ठगी समूहको फैलावट बढ्दो चिन्ताको विषय बनेको छ ।