एजेन्सी / चीनको ग्वाङ्गडोङ प्रान्तमा चक्कु प्रहारबाट ६ जनाको भएको छ । मृत्यु हुनेमा एक शिक्षक, दुई अभिभावक र तीन विद्यार्थी रहेको बीबीसीले जनाएको छ । स्थानीय समयानुसार सोमवार बिहान ७:४० बजे ग्वाङ्गडोङ प्रान्तको एक प्रि स्कुलमा आक्रमण भएको समाचारमा उल्लेख छ ।
समाचारमा जनाइए अनुसार घटनामा संलग्न आरोपमा २५ वर्षीय युवकलाई पक्राउ गरिएको छ । आक्रमणको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।