विदेश

    Showing 1,061-1,070 of 2,133 items.
  • भारत र पाकिस्तानी सेनाबीच कश्मीरमा तेस्रो दिन पनि गोली हानाहान

    नयाँ दिल्ली – आणविक शक्ति सम्पन्न दुश्मन भारत र पाकिस्तानको सम्बन्ध वर्षौंदेखिको सबैभन्दा निचो स्तरमा पुगेको छ। विवादित कश्मीर क्षेत्रमा सेनाहरू बीच लगातार तेस्रो रातसम्म गोलीबारी भएको पुष्टि आइतबार गरिएको छ।भारतले पाकिस्तानमाथि सीमापार आतंकवादलाई समर्थन गरेको आरोप लगाएको छ, विशेषगरी पहलगाममा २६ पर्यटकको मृत्यु हुनेगरी भएको हमलामा पाकिस्तानको संल्ग्नता भएको बताएको छ। भारतले यसलाई कश्मीरमा नागरिकमाथि भएको सबैभन्दा खराब आक्रमणको रूपमा वर्णन गरेको छ।पाकिस्तानको नकारात्मक प्रतिक्रियापाकिस्तानले यो आरोप सख्त अस्वीकार गर्दै भारतको प्रयासलाई “तुच्छ” भन्दै कुनै पनि भारतीय कार्यवाहीको कडा जवाफ दिने प्र

    • प्रकाशित मितिः वैशाख १४, २०८२
    • 553 पटक पढिएको
  • पर्यटकमाथि आतंककारी हमलामा परी एक नेपालीसहित २६ जनाको मृत्यु

    काठमाडौं— भारतको जम्मु—कस्मिरस्थित पहलगाममा पर्यटकहरूलाई लक्षित गरी भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको छ। विगत केही वर्षयता नागरिकमाथिको यो ठूलो आतंककारी हमला भएको प्रहरी अधिकारीले जनाएका छन्।​ पाहलगाम श्रीनगरबाट करिब ९० किलोमिटर टाढा पर्छ जुन पर्यटकको लोकप्रिय गन्तव्य स्थल हो। मृत्यु हुने नेपाली नागरिकको नाम सन्दीप न्यौपाने भनिए पनि ठेगाना भने खुलेको छैन। पर्यटकहरुलाई लक्षित गरेर आतंककारीहरूले अन्धाधुन्ध गोली चलाएको जनाइएको छ।लस्कर ए तोएबाका संस्थापक हफिज सइद नेतृत्वको द रेसिस्टेन्स फ्रन्ट टीआरएफ ले आक्रमणको जिम्मा लिएको छ। कस्मिर क्षेत्रमा सन् १९८९ देखि चलिरहेको व

    • प्रकाशित मितिः वैशाख १०, २०८२
    • 350 पटक पढिएको
  • ईसाई धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

    काठमाडौं— क्याथोलिक ईसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । भ्याटिकन सिटीका अनुसार पोपले स्थानीय समयअनुसार बिहान साढे सात बजे अन्तिम सास फेरे । उनी इतिहासकै पहिलो ल्याटिन अमेरिकी पोप बनेका थिए । उनी विगत केही महिनादेखि स्वास्थ्य समस्याबाट पीडित थिए । उनलाई १४ फेब्रुअरीमा रोमको जेमेली अस्पतालमा भर्ना गरिएको थियो । उनी निमोनिया र रक्तअल्पताबाट पीडित थिए । उनलाई फोक्सोको संक्रमण पनि देखिएको थियो । जसका कारण पाँच हप्तासम्म उनलाई अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा क्याथोलिक चर्चको मुख्यालय भ्याटिकनले पोपको रगत परीक्षण रिपोर्टमा मिर्गौला फेल हुने लक्षण

    • प्रकाशित मितिः वैशाख ८, २०८२
    • 346 पटक पढिएको
  • माइतीघरमा प्रदर्शन गर्ने अमेरिकनलाई डिपोर्ट गर्ने निर्णय

    काठमाडौं—  काठमाडौंको माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट (निष्काशन) गर्ने निर्णय गरिएको छ ।चैत १४ मा कुलमान घिसिङको बर्खास्तीको विरुद्ध भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागको जिम्मा लगाएको थियो । घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई डिपोर्ट गर्ने निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए । पर्यटन भिषमा आएका उनले अध्यागमन ऐन विपरित नाराबाजी गरेको र भिषा प्रयोजन बिपरितको काममा सहभागी भएको रिजालले जानकारी दिए ।उनलाई हवाई टिकट पेश गर्न लगाएर अमेरिका फिर्ता पठाइएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८२
    • 353 पटक पढिएको
  • अर्धसैनिक समूहद्वारा सुडानको डारफोरमा १०० जनाको हत्या

    काठमाडौं— सुडानको उत्तर डारफोरमा अर्धसैनिक समूहले गरेको आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।  उत्तर डारफोर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ) ले भोकमारीको चपेटामा परेर विस्थापित भएका व्यक्तिहरूको शिविरमा आक्रमण गर्दा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।मृत्यु हुनेमा २० बालबालिका र नौजना सहयोगी कर्मचारी पनि रहेको अलजजिराले जनाएको छ ।संयुक्त राष्ट्रसंघका अधिकारी क्लेमेन्टाइन एनक्वेटा–सलामीले शनिबार विज्ञप्ति जारी गर्दै उत्तर डारफेर प्रदेशको राजधानी एल–फासर सहरनजिकै रहेका जमजम र अबु शोरूक शिविरमा आरएसएफ र यसका सह

    • प्रकाशित मितिः चैत ३१, २०८१
    • 426 पटक पढिएको
  • हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

    काठमाडौं— अमेरिकाको न्यूयोर्कस्थित हडसन नदीमा हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको हो। ज्यान गुमाउने पाँच स्पेनी नागरिक हुन्। उनीहरू एकै परिवारका सदस्य रहेको सञ्चारमाध्यमले जनाएको छ। पाइलटको पनि मृत्यु भएको न्यूयोर्क शहरका मेयर एरिक एडम्सले जानकारी दिए।सार्वजनिक भिडियो फुटेजमा हेलिकप्टर आकाशबाट उल्टो खसेको र हडसन नदीमा खसेको देखिन्छ । संघीय उड्डयन प्रशासन (एफएए) ले हेलिकप्टरको दुर्घटनाको अनुसन्धान राष्ट्रिय यातायात सुरक्षा बोर्डको नेतृत्वमा हुने बताएको छ । यसअघि २०१८ मा उक्त नदीमा पर्यटक सवार हेलिकप्टर दुर्घटना हुँदा पाँच जन

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 546 पटक पढिएको
  • बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खस्यो

    काठमाडौं— जापानको दक्षिणपश्चिमी क्षेत्रमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ । बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ ।दुर्घटनामा हेलिकप्टरमा सवार ६ जना मध्ये ३ जनाको मृत्यु भएको थियो भने बाँकी ३ जनाको जापान कोस्ट गार्डले समयमै उद्धार गरेको थियो ।पाइलट ६६ वर्षीय हिरोशी हमादा, मेकानिक काजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताकेको समुन्द्रबाट उद्धार गरिएको थियो ।तीनै जनालाई जीवन रक्षकको सहयोगमा पानीमा तैरिएको अवस्थामा फेला पारिएको हो ।कोस्ट गार्डका एक अधिकारीले भने कि तीनै जना गम्भीर चिसोमा थिए र तिनीहरूको शरीरको तापक्रम खतरनाक रूपमा कम भएको थियो तर सचेत अवस्थामा थिए।दुर्घटनापछि जाप

    • प्रकाशित मितिः चैत २५, २०८१
    • 484 पटक पढिएको
  • दुईटा रकेट क्षेप्यास्त्र प्रहारपछि इजरायलले गर्यो लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण

    काठमाडौं— इजरायलले लेबनानको राजधानी बेरुतमा हवाई आक्रमण शुरु गरेको वाशिङ्टन पोष्टले जनाएको छ । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलाबाट इजरायली सीमाबाट केही माइल टाढा कफर तिबेत शहरमा तीन जनाको मृत्यु र १८ जना घाइते भएको लेबनानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत वर्ष इजरायल र हिजबुल्लाहबीच युद्धविराम सहमति भएपछि लेबनाको राजधानीमा यो पहिलो हवाई हमला हो।लेबनानी भूभागबाट दुईटा रकेट क्षेप्यास्त्र प्रहार गरिएको रिपोर्टपछि इजरायली सेनाले जवाफी कार्वाही गरिएको बताइएको वाशिङ्टन पोष्टले जनाएको छ । शुक्रवार दिउँसो इजरायली सेनाले जवाफी आक्रमणको चेतावनी दिएको थियो। त्यसपछि इजरायली सेनाले दक्षिणी

    • प्रकाशित मितिः चैत १७, २०८१
    • 445 पटक पढिएको
  • युद्ध अन्त्य गर्न माग गर्दै हमासविरुद्ध प्रदर्शनमा उत्रिए गाजावासीहरू

    काठमाडौं—  इजरायल—हमास युद्धका कारण क्षतिग्रस्त भएको गाजा सहरमा हजारौँ प्यालेस्टाइनी नागरिकहरूले लगातार दोस्रो दिन शान्तिपूर्ण जनप्रदर्शनमा भाग लिएका छन् ।अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस ९एपी०का अनुसार प्रदर्शनमा भाग लिएका प्यालेस्टाइनी प्रदर्शनकारीहरूले १७ महिनादेखि जारी इजरायलसँगको युद्ध अन्त्य गर्न माग गर्दै हमासविरुद्ध नाराबाजी गरेका हुन् । सार्वजनिक रूपमा प्यालेस्टाइनी नागरिकहरूले हमासविरुद्ध नाराबाजी गर्ने कार्य दुर्लभ र असाधारण मानिन्छ ।ती प्रदर्शनहरू मुख्यतः गाजाको उत्तरी भेगमा केन्द्रित भएको बताइएको छ ।एपीका अनुसार गाजाको बीत लाहियामा मंगलबारदेखि प्रदर्शन सुरु भएको हो । प्र

    • प्रकाशित मितिः चैत १४, २०८१
    • 488 पटक पढिएको
  • कोभिड–१९ को पाँच वर्षः विनाशकारी महामारीले सिकाएको चार कुरा

    लण्डन । कोभिड–१९ को प्रकोप भएको पाँच वर्ष बितेको छ । विश्व स्वास्थ्य संगठनले ११ मार्च, २०२० मा यसलाई महामारी घोषणा गरेको थियो । यसपछि देशका सरकारले लकडाउन घोषणा गरे । उनीहरुले कैयौं महिनासम्म मानिसलाई क्वारेन्टाइनमै राखे ।संगठनका अनुसार यो महामारीबाट करिब ७७ करोड ७० लाख बढी मानिस संक्रमित भए र ७० लाख मानिसको मृत्यु भयो । संयुक्त राष्ट्र एजेन्सीको कुरा पत्याउने हो भने मृतकको संख्या १ करोड ५० लाख बढी छ ।यो महामारीको विनाशकारी असर अहिले पनि विश्वभर अगाडि आइरहेको छ । तर केही विश्लेषक यो अन्धकारमय समयबाट बाहिर आउँदा केही सकारात्मक सिकाईतर्फ ध्यान केन्द्रीत गरिरहेका छन् ।तनाव र ट्रमा विशेषज्ञ र बेल्

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 561 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.