काठमाडौं— सुडानको उत्तर डारफोरमा अर्धसैनिक समूहले गरेको आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको छ ।
उत्तर डारफोर राज्यको राजधानी एल फासरमा अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्स (आरएसएफ) ले भोकमारीको चपेटामा परेर विस्थापित भएका व्यक्तिहरूको शिविरमा आक्रमण गर्दा एक सयभन्दा बढी व्यक्तिको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

मृत्यु हुनेमा २० बालबालिका र नौजना सहयोगी कर्मचारी पनि रहेको अलजजिराले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका अधिकारी क्लेमेन्टाइन एनक्वेटा–सलामीले शनिबार विज्ञप्ति जारी गर्दै उत्तर डारफेर प्रदेशको राजधानी एल–फासर सहरनजिकै रहेका जमजम र अबु शोरूक शिविरमा आरएसएफ र यसका सहयोगी सशस्त्र समूहहरूले आक्रमण गरेका थिए । शुक्रबार र शनिबार आक्रमण भएको र जमजम शिविरमा स्वास्थ्य चौकी संचालन गर्दै गरेका नौजना सहयोगी कर्मचारीहरू मारिएको ती अधिकारले बताइन् ।
घटना उक्त समूहले आत्मघाती मानवरहित यन्त्र (ड्रोन)मार्फत आक्रमण गरेको थियो । संयुक्त राष्ट्रसंघको तथ्यांक अनुसार जमजम र अबु शूक शिविरहरूमा डारफोरमा पहिले भएका द्वन्द्वहरूबाट विस्थापित भएका सात लाखभन्दा बढी बसोबास गरिरहेका छन् । यस घटनाले सो क्षेत्रमा मानवीय संकट झन् गहिरिएको बताइएको छ ।