काठमाडौं— जापानको दक्षिणपश्चिमी क्षेत्रमा आइतबार एउटा ठूलो दुर्घटना भएको छ । बिरामी बोकेको मेडिकल हेलिकप्टर समुद्रमा खसेको छ ।
दुर्घटनामा हेलिकप्टरमा सवार ६ जना मध्ये ३ जनाको मृत्यु भएको थियो भने बाँकी ३ जनाको जापान कोस्ट गार्डले समयमै उद्धार गरेको थियो ।

पाइलट ६६ वर्षीय हिरोशी हमादा, मेकानिक काजुटो योशिताके र २८ वर्षीया नर्स साकुरा कुनिताकेको समुन्द्रबाट उद्धार गरिएको थियो ।
तीनै जनालाई जीवन रक्षकको सहयोगमा पानीमा तैरिएको अवस्थामा फेला पारिएको हो ।
कोस्ट गार्डका एक अधिकारीले भने कि तीनै जना गम्भीर चिसोमा थिए र तिनीहरूको शरीरको तापक्रम खतरनाक रूपमा कम भएको थियो तर सचेत अवस्थामा थिए।
दुर्घटनापछि जापानको एयर सेल्फ डिफेन्स फोर्सको हेलिकप्टरले मेडिकल डाक्टर केई अराकावा (३४), बिरामी मित्सुकी मोतोशी (८६) र उनीहरुको हेरचाह गर्ने काजुयोशी मोतोशी (६८) को शव निकालेको थियो।
उनीहरु सबैको घटनास्थलमै मृत्यु भएको र चिकित्सकले मृत घोषणा गरेका थिए ।