काठमाडौं—  काठमाडौंको माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट (निष्काशन) गर्ने निर्णय गरिएको छ ।

चैत १४ मा कुलमान घिसिङको बर्खास्तीको विरुद्ध भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले उनलाई पक्राउ गरेर अध्यागमन विभागको जिम्मा लगाएको थियो । 

OM Sai Pathibhara Hospital

घिसिङ समर्थकको जुलुसमा देखिएका ५८ वर्षीय जुलियन किर्पाललाई डिपोर्ट गर्ने निर्णय गरिएको अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले जानकारी दिए । 

पर्यटन भिषमा आएका उनले अध्यागमन ऐन विपरित नाराबाजी गरेको र भिषा प्रयोजन बिपरितको काममा सहभागी भएको रिजालले जानकारी दिए ।

उनलाई हवाई टिकट पेश गर्न लगाएर अमेरिका फिर्ता पठाइएको छ ।