स्वास्थ्य

    Showing 631-640 of 2,504 items.
  • पोखरामा कोरोना संक्रमणबाट ७४ वर्षीया महिलाको मृत्यु

    काठमाडौँ — पोखरामा कोरोना भाइरस संक्रमणबाट ७४ वर्षीया एक महिलाको मृत्यु भएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक खीमबहादुर खड्काले मृत्युको पुष्टि गरेका छन्।खड्काका अनुसार ती महिला आठ दिनअघि कोरोना पोजिटिभ देखिएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी थिइन्। “उनी चरक अस्पतालमा उपचाररत थिइन्। उच्च रक्तचाप र मधुमेहसमेत भएको थाहा भएको छ,” खड्काले जानकारी दिए।उनका अनुसार कोरोना संक्रमणसँगै अन्य स्वास्थ्य समस्या पनि देखिएकाले मृत्युको कारणमा विविधता हुन सक्ने भए पनि कोरोना पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हाल कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ।

    • प्रकाशित मितिः साउन ५, २०८२
    • 547 पटक पढिएको
  • नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु

    भक्तपुर– भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भगवान कोईराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की, सांसद दुर्लभ थापा र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संयुक्त रूपमा सेवाको उद्घाटन गरेका हुन्।अस्पतालका अनुसार नयाँ सिटी स्क्यान सेवाबाट हृदयघात, मस्तिष्क, छाती, पेट, हड्डी लगायतका जटिल रोगहरू छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिनेछ। अत्याधुनिक प्रविधियुक्त उपकरणको प्रयोगले उपचार प्रक्रियालाई समेत सहज बनाउने जनाइएको छ।सेवा सुरु भएसँगै भक्तपुर र आसपासका बासिन्दालाई सिटी स्क्यानको लागि का

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 617 पटक पढिएको
  • ११ वर्षे बालकले निले तीन इञ्चको काँटी, जनकपुरमा बिना अप्रेसन सफल उपचार

    जनकपुरधाम – सिरहा मिर्चैयाका ११ वर्षीय विशाल पण्डितले कसरी तीन इञ्च लामो काँटी निल्न पुगे भन्ने कुरा सबैका लागि आश्चर्यको विषय बन्यो। काँटी निलेपछि उनी पेट दुख्ने समस्याबाट पीडित भए, तर डरका कारण उनले यो कुरा अभिभावकलाई बताउन सकेनन्।पेटको पीडा लामो समयसम्म नहटेपछि उनका अभिभावकले उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा लगे। त्यहाँ गरिएको भिडियो एक्सरेमा विशालको सानो आन्द्रामा कालो रंगको तीन इञ्च लामो काँटी फसेको देखियो। यो देखेर अभिभावक मात्र होइन, अस्पतालका पेट तथा ग्याँस्ट्रोलोजी विशेषज्ञ डा. रामदेव चौधरी समेत अचम्ममा परे।डा. चौधरीका अनुसार, “हामीले पहिलो प्रयासमै शल्यक्रिया नगरी इन्डोस्कोपी

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 557 पटक पढिएको
  • नेपाल मेडिकल कलेजमा रोजगारको अवसर

    काठमाडौं— नेपाल मेडिकल कलेजले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरु माग गरेको हो । कलेजले एक सूचना प्रकाशित गर्दै इलेक्ट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट  माग गरेको छ ।कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरुमा योग्यता पुगेका उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् । इमेल मार्फत व्यक्तिगत विवरण संकलन गरी सर्टलिस्टमा परेकाहरुलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जना

    • प्रकाशित मितिः साउन ४, २०८२
    • 710 पटक पढिएको
  • काठमाडौंमा डेङ्गुको जोखिम बढ्दै, सचेत रहन महानगरको आग्रह

    काठमाडौं— निरन्तर वर्षाका कारण काठमाडौं उपत्यकामा डेङ्गु रोगको जोखिम बढेको भन्दै काठमाडौं महानगरपालिकाले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि स्रोत व्यक्ति ऋषि भुषालका अनुसार, विगत केही सातादेखि नियमितरूपमा पानी परिरहेकाले एडिज जातका पोथी लामखुट्टेको वृद्धि भएको छ, जसको टोकाइबाट डेङ्गु सर्ने सम्भावना उच्च छ।“डेङ्गु सङ्क्रमणको जोखिम बढेकाले घर वरपर पानी जम्न नदिन, झ्याल ढोका झुल लगाउन र शरीर ढाक्ने लुगा लगाउन महानगरले सबैलाई आग्रह गरेको छ,” भुषालले जानकारी दिए।

    • प्रकाशित मितिः साउन १, २०८२
    • 781 पटक पढिएको
  • आजदेखि प्लाष्टिकका झोला प्रयोग गर्नेलाई जरिवाना लिनेछ टीकापुर नगरपालिका

    कैलाली— टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगमा  प्रतिबन्ध लगाएको छ। पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो। नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन्।नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिवाना हुने उनले बताए। त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १०

    • प्रकाशित मितिः साउन १, २०८२
    • 651 पटक पढिएको
  • चिकित्सकलाई प्रधानमन्त्रीको सुझाव- व्यायाममा ध्यान दिनुहोला

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्वस्थ जीवनका लागि सन्तुलित खानपान, व्यायाम र आरामको सन्तुलन आवश्यक रहेको बताएका छन्। उनले चिकित्सकहरूलाई पनि अरुको उपचारसँगै आफ्नो स्वास्थ्यप्रति सचेत हुन सुझाव दिएका छन्।सोमबार भाटभटेनी समूहद्वारा ९ करोड ५० लाख रुपैयाँ लागतमा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले अघिल्लो कार्यकालमै "निरोगी नेपाल" को नारा अघि सारेको स्मरण गराए।“निरोगी नेपालका दुई मुख्य पक्ष छन् — एक, बिरामी नै नपर्ने वातावरण बनाउने; र अर्को, बिरामी भए पनि शीघ्र उपचार हुने अवस्था सुनिश्चित गर्नु। अहिलेको अवस्थामा मान्छे निरोग

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 396 पटक पढिएको
  • क्यान्सर बिरामीलाई राहतः चार अस्पताललाई निःशुल्क औषधि हस्तान्तरण

    काठमाडौं— क्यान्सर उपचारमा संलग्न चार अस्पताललाई क्यान्सरसम्बन्धी औषधि तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ। अमेरिकास्थित अन्तर्राष्ट्रिय संस्था 'डाइरेक्ट रिलिफ' को सहयोगमा र 'वान हार्ट वर्ल्डवाइड' को समन्वयमा ती सामग्रीहरू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई औपचारिक रूपमा प्रदान गरिएको हो।उक्त सामग्री असार २७ गते नेपाल ल्याइ स्वास्थ्य सेवा विभागले भण्डारण गरेको थियो। आज ती औषधिहरू भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, र काठमाडौंको वीर अस्पताल मा हस्तान्तरण गरिएको हो।स्तन क्यान्सर, अल्जाइमर, र सोरियास

    • प्रकाशित मितिः असार २९, २०८२
    • 755 पटक पढिएको
  • अमेरिकाबाट आइपुग्यो क्यान्सर उपचारको औषधि तथा स्वास्थ्य सामग्री

    काठमाडौं – अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू हस्तान्तरण गरेको छ । आइतबार ‘डाइरेक्ट रिलिफ’ सहयोग तथा ’वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको हो ।  औषधि हस्तान्तरणपछि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले डाइरेक्ट रिलिफ र सरकरसँगै औषधि सिँधै आउने स्थितिका लागि प्रयास गर्दा नभएपछि ‘वान हार्ट वल्र्डवाइड’संस्थामार्फत ल्याइएक

    • प्रकाशित मितिः असार २९, २०८२
    • 581 पटक पढिएको
  • भारतमा बढ्दो संक्रमणको असर नेपालमा, विराटनगरले चलायो खोप अभियान

    विराटनगर, २०७९ असार - २७भारतमा फेरि तीव्र रूपमा फैलिन थालेको कोरोना भाइरस कोशी प्रदेशमा पनि देखिन थालेपछि सतर्कता अपनाइएको छ । मोरङको विराटनगर महानगरपालिकाले २०७९ असार २५ गते ९बुधवार० देखि खोप अभियान सुरु गरेको छ ।केही दिन अघि महानगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि जोखिम बढेको भन्दै महानगरले १९ वटै वडाका स्वास्थ्य चौकीहरूमा खोप उपलब्ध गराएको हो ।महानगर स्वास्थ्य महाशाखा प्रमुख डा। दिलीप यादवका अनुसार कमजोर स्वास्थ्य भएका र ज्येष्ठ नागरिकहरूलाई खोप अनिवार्य रूपमा आवश्यक भएकाले अभियान सुरु गरिएको हो ।कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार असार महिनामा मोरङ र इलामका दुई महिलाले संक्रमणक

    • प्रकाशित मितिः असार २७, २०८२
    • 803 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.