महोत्तरी – बर्दिवासस्थित डी एण्ड बी मेडिकेयर अस्पतालका चिकित्सक डा. प्रविण मिश्रलाई जबर्जस्ती करणी र गैरकानुनी गर्भपतनको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्रकुमार भट्टका अनुसार इलाका प्रहरी कार्यालय महोत्तरीबाट खटिएको टोलीले डा. मिश्रलाई पक्राउ गरेको हो।
सर्लाहीको बलरा घर भई हाल बर्दिवासमा कार्यरत डा. मिश्रले १६ वर्षीया किशोरीको १० हप्ताको गर्भपतन गराउँदा अत्यधिक रक्तस्राव भएर उनी अचेत भएपछि अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका थिए।
प्रहरीका अनुसार डा. मिश्रले किशोरीमाथिको जबर्जस्ती करणी लुकाउन कानुनी प्रक्रिया नअपनाई अवैधानिक रूपमा गर्भपतन गराएका थिए।
हाल अदालतबाट म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।