भक्तपुर– भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भगवान कोईराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की, सांसद दुर्लभ थापा र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संयुक्त रूपमा सेवाको उद्घाटन गरेका हुन्।

अस्पतालका अनुसार नयाँ सिटी स्क्यान सेवाबाट हृदयघात, मस्तिष्क, छाती, पेट, हड्डी लगायतका जटिल रोगहरू छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिनेछ। अत्याधुनिक प्रविधियुक्त उपकरणको प्रयोगले उपचार प्रक्रियालाई समेत सहज बनाउने जनाइएको छ।

सेवा सुरु भएसँगै भक्तपुर र आसपासका बासिन्दालाई सिटी स्क्यानको लागि काठमाडौं जानुपर्ने झन्झट हट्ने हस्पिटल प्रशासनले जनाएको छ।

520258167_1195306102610619_3702130492691725351_n