स्वास्थ्य

    Showing १,१४१-१,१५० of २,५०८ items.
  • मूल्य बढाउन सिटामोलको क्षमता बढाउँदै सरकार

    बिर्तामोड / कोभिडको उच्च जोखिम रहेको समयमा सिटामोलको अभाव सिर्जना हुँदा हस्तक्षेप गर्न नसकेको सरकारले मूल्यवृद्धिको बाटो खुल्ला गरेको छ ।नियामक निकाय औषधी व्यवस्था विभागले ५०० मिलिग्रामको सिटामोलको क्षमता बढाएर औषधी उद्योगलाई ६५० एमजीको उत्पादन गर्न दिने निर्णय गरेसँगै मूल्यवृद्धिको बाटो खुल्ला भएको हो । स्वास्थ्य सचिव रोशन पोखरेलको अध्यक्षतामा चैत १० गते बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोललाई स्वीकृति दिन औषधि व्यवस्था विभागलाई अनुमति दिने निर्णय गरेको थियो । नेपालमा ५०० एमजीको  मात्रा सिटामोल उत्पादन हुँदै आएकोमा विभागले ६५० एमजीको सिटामोललाई स्वीकृति द

    • प्रकाशित मितिः चैत २३, २०७८
    • २०२ पटक पढिएको
  • देशभरका ठूला २० अस्पतालले २० जिल्लामा विशेषज्ञ सेवा दिने

    काठमाडौं / अब देशभरका ठूला २० अस्पतालले नेपालका बिभिन्न २० वटा अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा दिने  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि केही मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ भने केही प्रक्रियामा रहेका छन् ।मन्त्रालयले राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा २० र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार जिल्लाका अस्पतालमा गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानहरूसँग सम्झौता गर्न सुरु गरेको हो ।यसका लागि मन्त्रालयले ‘मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने सम्बन्धी कार्यवि

    • प्रकाशित मितिः चैत २२, २०७८
    • २३० पटक पढिएको
  • सरकारमाथि दवाव बढाउँदै उद्योगी : बजारमा जिवनजलको हाहाकार

    बिर्तामोड / उद्योगी – व्यवसायीको चौतर्फी दवाव झेलीरहेको सरकारमाथि औषधी उत्पादकले समेत मूल्यवृद्धि र समायोजनको माग राखेर आन्दोलन थालेका छन् । सिटामोलको मूल्यवृद्धिको विषय पेचिलो बनेको बेला अर्को दैनिक जीवनमा उपयोगी हुने औषधी जिवनजलको मूल्य बढाउन माग गर्दै व्यवसायीले आन्दोलन थालेका छन् ।मूल्यवृद्धिको माग सहित जिवनजल उत्पादक उद्योगीले उत्पादन नै ठप्प पारेर आन्दोलन थालेका हुन् । जिवनजल उत्पादक उद्योगले उत्पादन लागत भन्दा आधामा बेच्नु परेको भन्दै उत्पादन नै बन्द गरेर सरकारमाथि दवाव बढाएका हुन् ।केही उद्योगीले उत्पादन नै बन्द गरिसकेका छन् भने केहिले उत्पादन बन्दका लागि तयारी थालेका छन् । पछिल्लो समय

    • प्रकाशित मितिः चैत २२, २०७८
    • ४०१ पटक पढिएको
  • थप ३२ जना कोरोना सङ्क्रमित

    काठमाडौं / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २९ सय ४२ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।२४ घण्टामा मृत्यु शून्य रहेको छ भने देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ८४२ पुगेको छ । २४ घण्टामा ६० हजार ७२ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार २१ जना १७ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमित पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८९ जना सङ्क्रमित सङ्क्रमण मुक्त भएका छन् ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १७९ पटक पढिएको
  • कोभिड-१९ विरुद्धक पूर्ण खोप लगाएको तीन महीनामै बुस्टर डोज लगाउन पाइने

    काठमाडौँ / पूर्ण रुपमा कोभिड-१९ विरुद्धको खोप लगाएका मानिसले अब तिन महिनामै बुस्टर डोज लगाउन  पाउने भएको छन् ।राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिसको आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्ण खोप लगाएका मानिसलाई तीन महीनामै  बुस्टर डोज दिने निर्णय गरेको हो । नेपालमा  अहिलेसम्मको तथ्याङ्कलाई हेर्दा २२ लाख १४ हजार १४० जनाले बुस्टर डोज लगाएका छन् ।स्वास्थ्य मन्त्रालयले पूर्ण खोप लगाएका व्यक्तिलाई नजिकको स्वास्थ्य संस्थामा गएर बुस्टर डोज लगाउन  अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः चैत २१, २०७८
    • १७६ पटक पढिएको
  • पाँच वर्षीय बालकको दुई टुक्रा भएको हात जोडियो

    काठमाडौँ / राष्ट्रिय ट्रमा सेन्टरमा पाँच वर्षीय बालकको दुई टुक्रा भइ छिनेको हात शल्यक्रियामार्फत जोडिएको छ । धनुषा जाठी घर भएका बालक कुलदीप मण्डलको हात घाँस काट्ने मेसिनले च्यापिएर दुई टुक्रा भएको थियो । गत फागुन ९ गते तीन जना बालक खेल्दै गर्दा मेसिनमा परेर मण्डलको हात दुई टुक्रा भएको राष्ट्रिय ट्रमा सेन्टरका मेडिकल सुपरिन्टेन्डेन्ट डा. प्रमोद जोशीले बताएका हुन् ।  आमाबुवा दुवै दिल्लीमा रहेका मण्डलको हात मेसिनमा परेर छिनेपछि छिमेकीले हातको टुक्रासहित प्रादेशिक अस्पताल जनकपुर पुर्याएका थिए । जनकपुरमा प्राथमिक उपचार गरी बालकलाई तत्कालै ट्रमा सेन्टर पुर्याइएको हो ।  समयमा

    • प्रकाशित मितिः चैत २१, २०७८
    • ३८७ पटक पढिएको
  • चीनको साङ्घाईमा कोरोना संक्रमण बढ्दै

    एजेन्सी / चीनको साङ्घाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । भने, शहरका ठूला अस्पतालहरू सङ्क्रमितले भरिएका छन् । पछिल्लो समय सङ्क्रमितको संख्या बढे पनि सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन । बीबीसीले सांघाई शहरको पूर्वी भागमा रहेको एक वृद्धाहरुको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिति अत्यन्तै चिन्ताजनक भएको बताइएको उल्लेख गरेको छ । वृद्धाहरुको संक्रमित हुने संख्या धेरै भएको र मृत्यु समेत भएको उल्लेख गरिएको छ । तर, वृद्धाहरुको मृत्यु कोरोनाबाट भएको हो अन्य कुनै कारण हो खुलाइएको छैन । अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ

    • प्रकाशित मितिः चैत १९, २०७८
    • ३३७ पटक पढिएको
  • नोवेलका चिकित्सकको रहस्यमय मृत्यु

    बिराटनगर / विराटनगरको नोबेल मेडिकल कलेजमा कार्यरत एक चिकित्सक शंकास्पद अवस्थामा कलेज नजिकको क्षेत्रमा मृत भेटिएका छन् । नोबोलमा विगत तिन वर्ष देखि कार्यरत २८ वर्षिय चिकित्सक विजय यादव शनिवार विहान शंकास्पद अवस्थामा मृत भेटिएका हुन् ।सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका उनी शुक्रबार बेलुका नोवेल मेडिकल कलेजले आयोजना गरेको स्वास्थ्य शिविरमा पुगेर फर्किएका थिए ।नोवेलको अर्थोपेडिक वार्डमा कार्यरत यादवले बङ्गलादेशको ढाकाबाट एमबीबीएस गरेपछि नोवेलमा आवद्ध भएका थिए ।नोवेल नजिककै क्षेत्र विराटनगर – ४ स्थित एक घरमा डेरा गरी बस्दै आएका उनको शव शंकास्पद अवस्थामा सोही घरको गेट बाहिर भेटिएको प्रहरी

    • प्रकाशित मितिः चैत १९, २०७८
    • ५३३ पटक पढिएको
  • नेपाल स्वास्थ्यकर्मी संघ मेचीनगर इकाई समितिको अध्यक्षमा देवकोटा

    मेचीनगर//नेपाल स्वास्थ्यकर्मी संघ मेचीनगर नगरपालिका इकाई समितिको अध्यक्षमा हरिशचन्द्र देवकोटा सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार सम्पन्न इकाई समितिको प्रथम अधिवेशनले अध्यक्षमा देवकोटालाई चयन गरेको हो। यस्तै देवकोटाको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्य समिति समेत गठन भएको छ ।समितिको उपाध्यक्षहरुमा यामकुमार अधिकारी, राम मगर, सरिन गिरी र कुञ्जु वस्नेत, सचिवमा सुस्मिता रायमाझी, सहसचिवहरुमा दुर्गादेवी गौतम, गोमा कोइराला, देवीका गिरी र बिक्रम अधिकारी तथा कोषध्यक्षमा तुलराम ढुंगाना सर्वसम्मत चयन भएका छन् ।यसैगरी सदस्यहरुमा सीता मिश्र, सीता दाहाल, दुर्गादेवी बराल, सविता प्रधान, नेत्रबहादुर खड्

    • प्रकाशित मितिः चैत १८, २०७८
    • २११ पटक पढिएको
  • कोरोना अपडेट : आज देशभर थप २२ जनामा संक्रमण पुष्टि

    बिर्तामोड / आज देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १६ जना र १ हजार ३१९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५८१ पुगेको छ । सोही अवधिमा ५९ हजार ५४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

    • प्रकाशित मितिः चैत १८, २०७८
    • ३६२ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.