काठमाडौं / अब देशभरका ठूला २० अस्पतालले नेपालका बिभिन्न २० वटा अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा दिने  भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि केही मेडिकल कलेजसँग सम्झौता गरिसकेको छ भने केही प्रक्रियामा रहेका छन् ।

मन्त्रालयले राष्ट्रिय चिकित्सा ऐन २०७५ को दफा २० र राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको दफा ४० अनुसार जिल्लाका अस्पतालमा गएर विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउन मेडिकल कलेज र प्रतिष्ठानहरूसँग सम्झौता गर्न सुरु गरेको हो ।

OM Sai Pathibhara Hospital

यसका लागि मन्त्रालयले ‘मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ शल्यचिकित्सा सेवा उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०७८ जारी गरेको छ । कार्यविधिमा प्रत्येक मेडिकल कलेज तथा प्रतिष्ठानले मन्त्रालयले तोकेको एक जिल्लामा जिम्मा लिएर शल्यचिकित्सा सेवा सुरु गर्नुपर्ने उल्लेख छ ।

कुन मेडिकल कलेज तथा प्रतिष्ठानले कुन जिल्लामा सेवा दिने :
१ चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्ज मेडिकल क्याम्पस – सिन्धुपाल्चोक अस्पताल
२  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) – धादिङ अस्पताल
३  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला – हुम्ला जिल्ला अस्पताल
४  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान -गोरखा अस्पताल
५  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की – दमौली अस्पताल, तनहूँ

६  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान – धनकुटा अस्पताल
७  धुलिखेल मेडिकल कलेज तथा शिक्षण अस्पताल – सिन्धुली अस्पताल
८  चितवन मेडिकल कलेज -लमजुङ अस्पताल 
९  कलेज अफ मेडिकल साइन्सेज भरतपुर, – मध्यविन्दु अस्पताल, नवलपुर
१०  लुम्बिनी मेडिकल कलेज, पाल्पा – गुल्मी अस्पताल

११  विराट मेडिकल कलेज शिक्षण अस्पताल – तेह्रथुम अस्पताल
१२  युनिभर्सल मेडिकल कलेज, भैरहवा – रुकुम अस्पताल, रुकुम पश्चिम
१३  काठमाडौं मेडिकल कलेज – रामेछाप अस्पताल
१४  किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल ( दोलखा अस्पताल
१५  नेपाल मेडिकल कलेज जोरपाटी – खोटाङ अस्पताल

१६  मणिपाल मेडिकल कलेज तथा शिक्षण अस्पताल, पोखरा – पर्वत अस्पताल
१७  नोबेल मेडिकल कलेज शिक्षण अस्पताल – पाँचथर अस्पताल
१८  गण्डकी मेडिकल कलेज, पोखरा - स्याङ्जा अस्पताल, स्याङ्जा
१९  नेशनल मेडिकल कलेज वीरगञ्ज–  गौर अस्पताल
२०  नेपालगञ्ज मेडिकल कलेज, बाँके जाजरकोट अस्पताल