काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आज (बुधबार)को खेलमा विराटनगर किङ्सलाई चितवन राइनोजले १७५ रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७४ रन जोडेको हो । 

आजको खेलमा विराटनगर लगातर चौथो जित निकाल्ने लक्ष्यमा छ । यो टिमले तीन खेल खेलेकोमा तीनै खेल जितेको छ । 

चितवन भने दोस्रो जितको खोजीमा मैदानमा उत्रँदै छ ।