काठमाडौं— दल दर्ताका लागि निर्वाचन आयोगले चार दिन समय थपेको छ। अझै १९ वटा नयाँ दल दर्ता प्रक्रियामै रहेकाले उनीहरु पनि निर्वाचनमा सहभागी होउन् भन्ने उद्देश्यले समय थप गरेको आयोगले जनाएको छ।
आगामी २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले दल दर्ताको समय आज ९बुधबार० सम्मका लागि मात्र तोकेको थियो।
बुधबार मात्रै १९ वटा नयाँ दल दर्तासँगै निर्वाचन प्रयोजनका लागि दल दर्ताको संख्या १०६ पुगेको छ। नेपाली कांग्रेस र नेकपा एमालेले दुई दिनअघि मात्र निर्वाचन प्रयोजनका लागि दल दर्ता गराएका छन्।






































