एजेन्सी / चीनको साङ्घाईमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएको छ । भने, शहरका ठूला अस्पतालहरू सङ्क्रमितले भरिएका छन् । पछिल्लो समय सङ्क्रमितको संख्या बढे पनि सङ्क्रमणबाट कसैको मृत्यु भएको छैन । 

बीबीसीले सांघाई शहरको पूर्वी भागमा रहेको एक वृद्धाहरुको हेरचाह गर्ने अस्पतालमा कार्यरत कर्मचारीसँग गरेको कुराकानीबाट स्थिति अत्यन्तै चिन्ताजनक भएको बताइएको उल्लेख गरेको छ । वृद्धाहरुको संक्रमित हुने संख्या धेरै भएको र मृत्यु समेत भएको उल्लेख गरिएको छ । तर, वृद्धाहरुको मृत्यु कोरोनाबाट भएको हो अन्य कुनै कारण हो खुलाइएको छैन । 

OM Sai Pathibhara Hospital

अस्पतालमा कार्यरत एक नर्सले सांघाई सरकारले पठाएका मेडिकल स्टाफ र विशेषज्ञ पनि संक्रमित भएको बीबीसीलाई बताएकी छन् । चीनको सबैभन्दा बढी जनसंख्या भएको शहर साङ्घाईमा २.५ करोड जनसंख्या छ । कोरोना संक्रमण फैलिनबाट बच्न सांघाई सरकारले ९ दिनदेखि लकडाउन गरिरहेको छ ।