बिर्तामोड / आज देशभर थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३५ जनाको आरटी–पीसीआरएन्टिजेन विधिबाट परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २ हजार ५१६ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १६ जना र १ हजार ३१९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ६ संक्रमण पुष्टि भएको हो । 

OM Sai Pathibhara Hospital

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५८१ पुगेको छ । सोही अवधिमा ५९ हजार ५४३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।